भरतपुर विमानस्थललाई डोमेस्टिक विमानस्थल बनाउछौँ : मन्त्री भट्टराई

उर्गेन तामाङ

विहीबार, १२ भदौ २०७६, ११ : ३७
भरतपुर विमानस्थललाई डोमेस्टिक विमानस्थल बनाउछौँ : मन्त्री भट्टराई

–उर्गेन तामाङ 
चितवन । संस्कृति पर्यटन तथा नागरीक उड्यनमन्त्री योगेश भट्टराईले भरतपुर विमानस्थललाई चाँडैनै स्तरोन्नती गरीने बताएका छन । विहिवार विहान विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री भट्टराईले पर्यटकिय क्षेत्रका रुपमा निक्कै महत्वपुर्ण मानिएको यस विमानस्थललाई चाँडैनै स्तरउन्नती गरीने बताएका हुन । 

मन्त्री भट्टराईले यस विमानस्थल सरकारको प्राथमिकतामा रहेको बताए । पर्यटकिय हिसावले निक्कै महत्वपुर्ण विमानस्थलका रुपमा रहेकाले पर्यटन मन्त्रालयको निति तथा कार्यक्रममा समेटेर विशेष प्राथमिकतामा राखिएको बताए । 
मन्त्री भट्टराईले भरतपुर विमानस्थललाई डोमेस्टिक विमानस्थलका रुपमा अघि बढाउने योजना रहेको बताए । मध्य नेपालमा रहेको विमानस्थलबाट पुर्व र पश्चिम क्षेत्रमा उडान भर्न सजिलो हुने भएकाले पनि काठमाण्डौ बाहिरको बैकल्पीक डोमेस्टिक विमानस्थलका रुपमा विकास गरीने उनले बताए । 
मन्त्री भट्टराईले नेकपा अध्यक्ष प्रचण्डको उपस्थितिमा तत्कालै सर्वपक्षीय छलफल बस्ने तयारी भईरहेको पनि बताए । विमानस्थललाई व्यवस्थीत बनाउने सिलसिलामा स्तरोन्नती गर्ने र विस्तारै विमानस्थल नजिकै रहेको नेपाल आर्मिलाई सम्मानजनक रुपमा सिफ्ट गर्ने विकल्प पनि रहेको उल्लेख गरे ।  

मन्त्री भट्टराईले विमानस्थल सुधार तथा व्यवस्थीत बनाउने पैसाको कुनै समस्या नरहेको बताए । व्यवसायीक फाईदाका लागी भरतपुर विमानस्थलको मुख्य भवन लगायत भौतिक संरचनालाई पनि स्तारोन्नती गर्नुपर्नेमा जोड दिए ।  

सो क्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यसअघि भएका विभिन्न प्रयासका बारेमा व्रिफिङ गरेकी थिइन् । भरतपुर विमानस्थल चाँडै नै स्तरोन्नति गर्नुपर्ने महानगर प्रमुख दाहालको भनाइ थियो । उनले लुक्लापछिको दोस्रो जोखिमपुर्ण विमानस्थलका रुपमा भरतपुर विमानस्थल रहेको भन्दै चाँडै नै सुधारका कदम चाल्न मन्त्री भट्टराईको ध्यानाकर्षण गराएकी थिइन् । विमानस्थल अहिलेका ठाउँमा मात्र सञ्चालन गर्न पर्याप्त जग्गा नभएको विषयमा विमानस्थलका अधिकारीहरुले मन्त्री भट्टराईको ध्यानाकर्षण गराएका थिए । 

 

प्रतिक्रिया दिनुहोस