दान दिने मैयादेबि आमालाई दानकै ओईरो

अमेरीका निवासी प्राध्यापक डाक्टर कृष्ण भाई प्रधानद्धारा कलेजलाई १ करोड सहयोग

प्रकाश सिग्देल

बुधबार, ११ भदौ २०७६, १९ : १३
दान दिने मैयादेबि आमालाई दानकै ओईरो

- प्रकाश सिग्देल
चितवन । मैयादेबि कन्या कलेज भरतपुरलाई १ करोण रकम सहयोग प्राप्त भएको छ । कलेजको अक्षय कोषमा रहनेगरी अमेरीका निबासि प्राध्यापक डाक्टर कृष्ण भाई प्रधानले १ करोण रुपैया सहयोग गर्ने बचन दिनु भएको र त्यसैका लागी उहा नेपाल आईसक्नु भएको कलेज सन्चालक समितिले जनाएको छ । मैयादेबि कन्या कलेज भरतपुर चितवनले आयोजना गरेको तिज गित प्रतियोगिता एवं दर खाने कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा कलेजका अध्यक्ष टंकनाथ पौडेलले कलेजलाई सो रकम सहयोग गर्न प्रधान बुधबार नेपाई आउनु भएको बताउनु भयो ।

कलेजले बिपन्न समुदायका बिद्यार्थीको शिक्षाको बिकासका लागी अक्षयकोष खडा गरी निसुल्क पढाउने उदेस्य अनुरुप उहासंग सो रकम प्रस्ताव राखेको र उहाले सहजै  सुईकार गरि यस्तो सहयोगको बचन दिई रकम हस्तान्तरणका लागी नेपाल आउनुभएको  कलेजका अध्यक्ष एवं बरिष्ठ समाजसेबी टंकनाथ पौडेलले बताउनु भयो । यस अघि कजेलजे १७ लाख जम्मा गरिसकेको र अव ८ लाख थप गरी  १ करोड २५ लाखको अक्षय कोष निमार्ण गर्ने योजनामा आफुहरु रहेको उहाको भनाई छ । नेपालका बिद्यार्थीको शैक्षिक बिकासका लागी  प्राध्यापक डाक्टर कृष्ण भाई प्रधानले देखाउनु भएको यो माया र साहानुभुतिको उच्च प्रसंसा गर्न योग्य रहेको पौडेल बताउनु हुन्छ । उहाले कलेजलाई नमुना र हरेक बिद्यार्थी र अभिभावकको प्रथम रोजाईका रुपमा बिकास गर्ने बताउनु भयो ।

कलेजमा नर्सिङ्ग संकाय समेत सन्चालन भईरहेको छ । त्यस्तै शाहित्यकार बिजय मल्लको  अमेरिका निबासि छोरी रचना श्रेष्ठले बुबाको नाममा बिजय मल्ल साहित्य पुरस्कार सथापना गर्नु भएको समेत पौडेलले बताउनु भयो । त्यसको रकम  रकम समेत आफुहरुलाई प्रदान भएको पौडेल बताउनु हुन्छ । हरेक वर्ष कलेजले आयोजना गर्ने प्रतियोगिताका बिजेतालाई पुरस्कार प्रदान गर्ने गरि सो पुरसकार स्थापना भएको उहाको भनाई छ । कलेजले गरेको तिज गित प्रतियोगितामा बिजेता समुहले त्यही पुरस्कार प्राप्त गर्ने छन् । सो बापतको नगद ३० हजार रकम अरुण श्रेष्ठ मार्फत अध्यक्षलाई पौडेललाई हस्तान्तरण भएको हो । हरेक वर्ष पुरस्कार प्रदान गरिने छ । पुरस्कारको मुल रासि तत्कालको लागी १ लाख र पछि बढाईने बताईएको छ । सोही अवसरमा प्राध्यापक सुरेन्द्र अस्तफल र निराजन पन्तले शाहित्यकार बिजय मल्लको बिषयमा कबिता बाचन गर्नु भएको थियो ।  कलेजका अध्यक्ष टंकनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा ८ बटा टिम बिच प्रतियोगिता भएको हो । प्रतियोगितामा पिसियल नसिगं दोस्रो वर्षको अस्मिता माननधरको समुह प्रथम भएको थियो । त्यस्तै बि बि एस तेस्रो वर्षको प्रतिमा कंडेलको समुह दोस्रो भएको छ भने कक्षा १२ का लीला खड्काको समुह तृतिय भएको थियो । त्यस्तै बिबि एस चौर्थो वर्षको शोभा सुबेदीको समुह सान्तोना हुन सफल भएको थियो । त्यस्तै सोहि बिद्यालयमा अध्यान गरेर शिक्षण पेशामा रहनुभएको पुर्व बिद्यार्थी चन्द्रावती कंडेलले शान्तोना पुरस्कार प्राप्त गर्न सफल हुनु भएको थियो । कार्यक्रममा बरिष्ठ समाजसेबी तथा कलेजका संरक्षक मैयादेबी श्रेष्ठ प्रमुख अतिथिका रुपमा रहनुभएको थियो । कार्यक्रममा सहसंरक्षक प्रेमकुमार श्रेष्ठ, सल्लाहकार रामकृष्ण घिमिरे लगायत सन्चालक समितिका सदस्यहरुको उपस्थिती रहको  थियो । त्यस्तै प्राध्यापक संघका सभापति रामजी प्रसाद अधिकारी,प्रिन्सििपल जेबि गुरुगं लगायत भरतपुर महानगरका प्रवक्ता अरुण पिडित भण्डारी लगायतका जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । 

प्रतिक्रिया दिनुहोस