साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

पत्रपत्रिकाबाट

विहीबार, १८ माघ २०७४, ०७ : ०९
साथीलाई बचाउन चिया बेच्दै विद्यार्थी

बुधबार विहानैदेखि चरिकोटको मौसम चिसो थियो । एकाविहानै कठ्याङ्ग्रिने चिसोमा सातदोबाटो चोकमा स्कुले पोसाक लगाएका केहिी बालबालिका देखा परे ।

७, ८ कक्षामा पढ्नेजस्ता देखिने उनीहरुले ग्यास, चुलो, भाँडा र प्लाष्टिकका गिलास निकाले अनि चुला बाल्न शुरु गरे, भाँडामा पानी बसाले, चिनि, चियापति हाले ।
चियार तयार भयो ।

उनीहरुकै साथीको अर्को समुहले ब्यानर टाँग्यो, जसमा लेखिएको थियो, हामी हाम्रो साथी मदनलाई बचाउन चाहान्छौँ । विहानको चिसोमा चोकवरपर जम्मा भएका सर्वसाधारण ससाना बालबालिकाले चिया पकाएको हेर्न झुम्मिए ।

केहिबेरपछि भीमेश्वर नगरालिकाका मेयर भरतबहादुर केसी आइपुगे । केसीले ससना विद्यार्थीले सहपाठीको उपचारका लागि थालेको सहयोग अभियानको प्रशंसा गरे, उनीहरुले पकाएको चिया पएि र सहयोग संकलन बाकसमा पाँच हजार रुपैयाँ राखिदिएर अभियान सुरु गरे ।, आजको नागरिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस