गाउँपालिका अध्यक्षविरुद्ध दर्ता भयो यस्तो मुद्दा

पत्रपत्रिकाबाट

विहीबार, १८ माघ २०७४, ०६ : ५८
गाउँपालिका अध्यक्षविरुद्ध दर्ता भयो यस्तो मुद्दा

रोल्पा । सुकीदह गाउँपालिका अध्यक्ष वीरबहादुर खत्रीविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरिएको छ । फरक फरक नाम र समयमा दुईवटा नागरिकता लिएको भन्दै मुद्दा दर्ता गरिएको हो । आजको कान्तिपुरको आठौं पृष्ठमा खबर छ ।
समाचारमा लेखिएको छ, स्थानीयवासी हरिबहादुर पुनले बुधबार जाहेरी दर्ता गरेका थिए । प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराइले मुद्दा दर्ता भएपछि अनुसन्धान थालिएको बताए ।

तत्काल अनुसन्धान थाल्न मुद्दा शाखालाई निर्देशन दिइसकेको छु उनले भने । यसअघि जाहेरीकर्ता पुनले राजनीतिक दबाबमा प्रजिअले मुद्दा दर्तामा आनाकानी गरेको आरोप लगाउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहोस