पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरण

रवि लामिछानेसहित तिनै जनालाई तेस्रो पटक आज अदालत लगियो, बहस सुरु हुँदै

सफल खबर संवाददाता

आइतबार, ०८ भदौ २०७६, १२ : २४
रवि लामिछानेसहित तिनै जनालाई तेस्रो पटक आज अदालत लगियो, बहस सुरु हुँदै

चितवन । पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणका आरोपी रवि लामिछाने, युवराज कंडेल र अस्मिता कार्की (रुकु) लाई आज आइतबार तेस्रो पटक अदालत लगिएको छ । सरकारी वकिलको कार्यालयबाट भर्खरै तिनै जनालाई अदालत लगिएको हो ।
थुनछेक बहसका लागि उनीहरुलाई अदालत लगिए पनि बहस सुरु भइसकेको छैन । अदालतमा तिनै जनाको बकपत्र (बयान) लिएपछि बहस सुरु हुने स्रोतको भनाइ छ । बयान लिएर नभ्याएको खण्डमा आज बहस सुरु नै नहुन पनि सक्छ । सरकारी वकिलको कार्यालयले अभियोगपत्र अदालतमा पेश गरेको छैन । अभियोगपत्र पेश भई बहसपछि पूर्पक्षका लागि थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने विषयमा आदेश आउन सक्छ ।
दस दिनअघि काठमाडौँबाट पक्राउ परेका लामिछाने, कँडेल र कार्कीलाई चितवन जिल्ला अदालतले सुरुमा पाँच दिन र त्यसपछि गत मंगलबार पुनः पाँच दिनको म्याद थप गरेको थियो । गत मंगलबार रवि लामिछाने र गत सोमबार युवराज कँडेल एवं अस्मिता कार्की (रुकु) को बयान लिइएको थियो । 
गएको साउन २० गते नारायणगढमा रहेको होटल कंगारुमा पत्रकार पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । पत्रकार पुुडासैनीले मर्नुअघि आफ्नै आवाजमा रेकर्ड गरेको सुसाइट भिडियो नोटमा रवि, युवराज र अस्मिताको नाम लिएपछि उनीहरु पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस