रविसहितका तिन जना आज छुट्लान त ? अभियोग पत्र अदालत पेस हुँदै

उर्गेन तामाङ

आइतबार, ०८ भदौ २०७६, ०९ : ५३
रविसहितका तिन जना आज छुट्लान त ? अभियोग पत्र अदालत पेस हुँदै

–उर्गेन तामाङ 
चितवन । न्यायिक हिरासतमा रहेका रवि लामिछानेसहित युवराज कंडेल र अस्मिता कार्किमाथीको अनुसन्धान सकिएको छ । चितवन जिल्ला अदालतले दोस्रो पटक थप गरेको ५ दिनको समय अवधिभित्रै प्रहरीले सवै अनुसन्धान सकाएको हो । 
आज रविसहित युवराज कंडेल र अस्मिता कार्किलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लैजाने छ ।

आज अन्तीम दिन प्रहरीले अनुसन्धान राय प्रतिवेदनसहितको मिसिल सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरिरहेको स्रोतले जनाएको छ । 

प्रहरीले मिसिल बुझाएपछि सरकारी वकिलको कार्यालयले अभियोग पत्र अदालतमा पेस गर्नेछ । त्यसपछि आजै थुनछेक बहस हुने अधिवक्ता गोपिलाल देवकोटाले जानकारी दिए । थुनछेक बहसपछि अदालतले रिहा वा कारागार चलान गर्ने आदेश दिनेछन् । देवकोटाका अनुसार अदालतले आजै वा भोली मात्रै आदेश दिनसक्ने सम्भावना रहेको छ ।  जाहेरीवालाको तर्फबाट ५ जना अधिवक्ताले बहस गर्ने बताईएको छ ।

प्रतिवादीका तर्फबाट सुसिल पन्त, सुनिल पोखरेल र चुडामणी सापकोटाले बहस गर्नेछन भने आरोपी अस्मिता कार्किको तर्फबाट पनि छुट्टै ३ जना अधिवक्ताले बहस गर्ने बुझिएको छ । 

माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार पुडासैनि भरतपुरको नारायणगढस्थित पोखरा बसपार्कको कोठाभित्र गएको साउन २० गत्ते राति झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले मृत्यु अघि रेकर्ड गराएको भनिएको भिडियोमा रवि, युवराज र अस्मितालाई आरोप लगाएपछि उनिहरु तिनै जना साउन ३० गत्ते काठमाण्डौबाट पक्राउ परेका हुन । 
 

प्रतिक्रिया दिनुहोस