केन्याका ‘चाँदनी बार’मा नृत्य गर्दै नेपाली युवती

पत्रपत्रिकाबाट

मंगलबार, ०३ भदौ २०७६, १९ : ४८
केन्याका ‘चाँदनी बार’मा नृत्य गर्दै नेपाली युवती

नीता भल्ला, मोम्बासा, केन्या

काठमाडौँ । ब्युटिसियनको काम गरिरहेकी शीलालाई जब केन्याको एउटा नाइट क्लबमा शास्त्रीय नृत्याङ्गनाका लागि काम गर्ने अफर आयो, उनले तुरुन्तै काम छोड्न तयार भइन्।

२३ वर्षीया गाउँले शीलाका लागि अफ्रिकी मुलुक केन्याका बारेमा रत्तिभर थाहा थिएन, कुन दिशामा पर्छ भन्ने पनि उनलाई भेउ थिएन। न त यसअघि उनलाई कुनै नृत्यको अनुभव नै थियो। योसँगै अन्य केही कुरा थिए, जस्तो कि उनले मालिकका बारेमा कुनै जानकारी पाएकी थिइनन्, न त भेटेकै थिइन्। उनले काम पाएको ठाउँमा काम गर्ने सम्झौतापत्रसमेत उनले पाएकी थिइनन्।

वृद्ध भइसकेका उनको मातापिताको दीर्घरोगका लागि उपचार त छँदैथियो, उनको भाइ भर्खरै मोटरसाइकल दुर्घटनाका कारण थलिएको थियो। यस्तो अवस्थामा महिनाकै ६० हजार तलब पाउने, खाना, बस्न र यात्राको सबै खर्च रोजगारदाताले नै व्यहोर्ने भएपछि शीलाले अन्य कुरा सोच्नै भ्याइनन्।

‘तर जे सोचेकी थिएँ, त्यो चाहिँ भएन,’ शीलाले भनिन्। शीलासँगै अन्य ११ जना अन्य नेपाली युवती पनि केन्याको सामुद्रिक किनारमा रहेको शहर मोम्बासाको एउटा नाइट क्लबबाट गएको अप्रिल महिनामा उद्धार गरिइन्। उनी त्यहाँ जे जस्तो सोचेकी थिइन्, त्यो भने हुन सकेन।

‘हाम्रो जिन्दगी त पूरै बन्दीको जस्तो बन्न पुग्यो,’ उनले प्रहरीसमक्ष बताइन्, ‘राति ९ बजेदेखि ४ बजेसम्म पुरुष ग्राहकका लागि हामीले सेवामा बिताउँथ्यौँ, त्यसबाहेक हामीलाई कतै जान दिइँदैनथ्यो। सुरक्षाका लागि भनेर हामीलाई फोन पनि दिइएको थिएन, पासपोर्ट खोसिएको थियो। हामी जता गए पनि ड्राइभर साथमा हुन्थ्यो। काममा बाहेक फ्ल्याटबाट निस्कन पनि पाइँदैनथ्यो। हामी त दासजस्तो जीवन बिताउन पुग्यौँ।’

यतिबेला केन्यामा बलिउड शैलीका चाँदनी बारमा नृत्य वा ग्राहक सेवाका लागि भारत, नेपाल, पाकिस्तान लगायतका अन्य दक्षिण एसियाली मुलुकबाट युवतीहरु ल्याइने गरेको छ र यो संख्या आश्चर्यजनक तरिकाले ह्वात्तै बढिरहेको छ। अधिकांश त केन्याको ‘वयस्क मनोरञ्जन उद्योग’का लागि गैरकानुनी रुपमा ल्याइने गरेको छ।

आफ्नो पूरा वा वास्तविक नाम बताउन नचाहने शीला यतिबेला मोम्बासाको सान्जु क्षेत्रको सेफ हाउसमा राखिएको छ।

यतिबेला केन्यामा बलिउड शैलीका चाँदनी बारमा नृत्य वा ग्राहक सेवाका लागि भारत, नेपाल, पाकिस्तान लगायतका अन्य दक्षिण एसियाली मुलुकबाट युवतीहरु ल्याइने गरेको छ र यो संख्या आश्चर्यजनक तरिकाले ह्वात्तै बढिरहेको छ। अधिकांश त केन्याको ‘वयस्क मनोरञ्जन उद्योग’का लागि गैरकानुनी रुपमा ल्याइने गरेको छ। जुन केन्याली प्रहरी तथा मानव तस्करविरुद्धको अभियानकर्मीको सहयोगमा सञ्चालित अभियानका कारण पक्राउ परेका हुन्।

पछिल्लो समय छापा मार्दा खुलेको रहस्य हो, दक्षिण एसियाली मुलुकबाट ठूलो संख्यामा कम उमेरका युवतीहरुलाई केन्या ल्याइँदैछ। हुन त कति संख्यामा ती यहाँ ल्याइएका छन्, त्यसबारे आधिकारिक तथ्याङ्क सार्वजनिक भइसकेको छैन तर संख्या बढिरहेको प्रहरी र मानव अधिकारवादीहरुको धारणा छ।

सन् २०१६/१७ को तथ्याङ्कअनुसार नेपाल मानव अधिकार आयोगले ४३ जना युवतीहरुलाई केन्याली ‘चाँदनीबार’बाट फिर्ता ल्याइएको बताएको छ। त्यसअघि कति महिलालाई तस्करहरुले त्यहाँ पु-याएका थिए भन्नेबारे आयोगसँग कुनै तथ्याङ्क छैन।

तर पछिल्लो समय युवतीहरुलाई तस्करहरुले केन्यासम्म पु-याएको र संख्या लगातार बढिरहेकोमा भने सरकारी अधिकारीहरु चिन्तित देखिएका छन्। गएको अप्रिलमा मोम्बासामा उद्धार गरिएका युवतीहरुको संख्या देख्दा भने यो क्रम बढ्दो क्रममा रहेको पुष्टि गरेको छ। शुक्रबार बाट 

प्रतिक्रिया दिनुहोस