यस्तो देश जहाँ पुलिस र सेना नै छैन र कुनै अपराध पनि हुँदैन

मंगलबार, ०३ भदौ २०७६, १९ : २८
यस्तो देश जहाँ पुलिस र सेना नै छैन र कुनै अपराध पनि हुँदैन

काठमाडौँ । विश्वमा हालका दिनहरुमा अपराधको सीमा उच्च बिन्दुमा पुगिसकेको छ । देशमा भएका प्रहरी र कानुनले पनि मानिसहरुलाई अपराध गर्नबाट रोक्न सकिरहेको छैन । तर विश्वमा एउटा यस्तो देश पनि रहेको छ, जहाँ प्रहरी र नेवी नहुदाँ पनि कुनै प्रकारका अपराध नै हुँदैनन् ।

देश र जनताको सुरक्षाका लागि विश्वका तमाम देशहरुमा फौज र नेवीको व्यवस्था गरिएको छ तर युरोपको एउटा सानो देश रहेको छ, जहाँ न कोही फौज छन्, न कोही नेवी नै । यसका बाबजुद पनि यहाँ अपराधको रेकर्ड नै छैन ।

यस देशको नाम आइसल्याण्ड रहेको छ । यो देश विश्वको सबैभन्दा सुरक्षित देशहरुमध्ये एक मानिन्छ । यहाँका प्रहरीहरु बन्दुक लिएर कहिल्यै पनि घुम्दैनन् । यसलाई विश्वको सबैभन्दा सुन्दर देश पनि मानिन्छ । यो देश पश्चिम युरोपको एउटा हिस्सामा बनेको छ । जसले पुरै दुनियाँलाई नै आकर्षित गर्दछ ।

सबैभन्दा हैरानीको कुरा भनेको यस देशमा जंगल नै छैन । यसका बाबजुद कुनै समय यो देशमा स्याल पाइएको थियो ।

सबैभन्दा ठूलो खुबी यहाँका मानिसहरुमा रहेको छ । यस देशमा मानिसहरुको नाम त रहेको छ, तर कुनै थर वा सरनेम भने छैन । त्यसैले पनि यहाँ कुनै पनि प्रकारका भेदभाव हुदैन । यहाँ एउटा पनि रेलवे स्टेशन नै छैन । मानिसहरु गाडीबाट नै यात्रा गर्ने गर्दछन् ।

यस देशमा हिउ यति धेरै पर्छ तर पनि यहाँका मानिसहरु आइक्रिम खान रुचाउने गर्दछन् । यद्यपी यस देशले सुरुवाती समयमा धेरै गरिबीको सामना गर्नुपरेको थियो । तर आज दुनियाँको सबैभन्दा सुरक्षित देशका रुपमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस