विप्लवका सगरमाथा ब्यूरो इन्चार्ज निलम्वित !

ब्यूरो इन्चार्जकै कारवाही पार्टीभित्रै गुपचुप, सांस्कृतिक विचलनको आरोपमा कारवाही

सफल खबर संवाददाता

मंगलबार, ०३ भदौ २०७६, ०७ : ५५
विप्लवका सगरमाथा ब्यूरो इन्चार्ज निलम्वित !

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सगरमाथा ब्यूरो इन्चार्ज निलम्बनमा परेका छन् । एक उच्च स्रोतले सफलखबरलाई दिएको जानकारी अनुसार, उनलाई पार्टीले निलम्बन गरेको हो ।

उनी पार्टीमा कारवाहीमा परेका हुन् । तर उनको कारवाहीको कारण भने पार्टी पङक्तिका बीचमा पनि खुलाईएको छैन । केही शीर्ष नेताहरुका बीचमा मात्रै उनको कारवाहीका कारण सिमित राखिएको छ । तर स्रोतका अनुसार, उनीमाथी सांस्कृतिक कारवाही भएको हुन सक्ने बताईएको छ । विप्लवका सगरमाथा ब्यूरो इन्चार्ज दिपेश राई थिए ।

माओवादी युद्धका बेलाका लडाकु समेत रहेका राई पूर्वमा विप्लव माओवादीका एक मात्र बाँकी केन्द्रीय सदस्य थिए । पदम राई, किरण राई (निसान) लगायत पूर्वका केन्द्रीय नेताहरुले पार्टी छोडेपछि दिपेश मात्र विप्लव नेतृत्वको नेकपाका एक मात्र पूर्वका केन्द्रीय सदस्य थिए ।

उनी पनि अहिले पार्टीमा कारबाहीमा परेपछि पूर्वमा नेकपाका केन्द्रीय नेताको खडेरी परेको छ । असार अन्तिम साता बसेको पार्टी हाईकमाण्ड बैठकले पार्टीभित्र सुद्धिकरण अभियान सञ्चालन गर्ने भन्दै २१ केन्द्रीय नेताहरुलाई घटुवा गर्दा समेत घटुवाबाट जोगिएका ब्यूरो इन्चार्ज राई त्यसपछि पार्टीमा निलम्बनमा परेको स्रोतले बतायो ।

उनलाई पूर्वी कमाण्ड इन्चार्ज समेत रहेका स्थायी समिति सदस्य सन्तोष बुढामगर (विषम)ले निलम्बन गरेका हुन् । पूर्वमा विप्लव पार्टीमा नेताहरुको खडेरी नै परेपछि अहिले पश्चिमका नेता कार्यकर्तालाई पूर्वमा परिचालनको नीति पनि उक्त पार्टीले बनाएको छ । 

काठमाडौं पूर्वमा विप्लव पार्टीको केन्द्रीय समितिमा नेताहरु छदैछैनन् भन्दा पनि हुने अवस्था आएको उक्त पार्टीका एक नेताले बताए । मधेसका देवनारायण यादव मात्र अब पूर्वका पार्टीमा केन्द्रीय समितिमा छन् । अन्य सबै नेताहरु भने पश्चिमकै देखिएका छन् । 

प्रतिक्रिया दिनुहोस