छाता ओढेर हिँडिरहेका म्याकनिलमाथि अचानक चट्याङ परेपछि... (भिडियोसहित)

एजेन्सी

सोमबार, ०२ भदौ २०७६, ०९ : ५३
छाता ओढेर हिँडिरहेका म्याकनिलमाथि अचानक चट्याङ परेपछि... (भिडियोसहित)

एजेन्सी । ‘चट्याङ पर्दा घरभित्रै बस है, बाहिर ननिस्क’ भनेर हामीलाई धेरैजसो आफन्तले सुझाउने गर्छन् । यस्तो किन भनिन्छ, धेरैलाई थाहा नहुन सक्छ । जसलाई थाहा छैन, उनीहरुका लागि यहाँ यस्तो घटनाबारे जानकारी दिँदैछौं जुन निकै भयावह छ ।

दक्षिणी क्यारोलिनाका रोमुलस म्याकनिलले एउटा यस्तो घटनाको सामना गरे जुन हेर्दा नै डरलाग्छ । उनले आफूमाथि चट्याङ परेको भिडियो तथा फोटो फेसबुकमा पोष्ट गरेका छन् । भिडियोमा देखिए अनुसार म्याकनिल छाता ओढेर हिँडिरहेका बेला उनीमाथि अचानक चट्याङ पर्छ । चट्याङ पर्ने बित्तिकै उनले बोकिरहेको छाता हातबाट झर्छ ।

उक्त भिडियो र फोटोले धेरैलाई स्तब्ध बनायो । कतिले उनको अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । कतिले उनी सौभाग्यले बाँचेको भन्दै चिट्ठा खेल्न पनि सुझाए ।

 

प्रतिक्रिया दिनुहोस