रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम

उर्गेन तामाङ

आइतबार, ०१ भदौ २०७६, १८ : २६
रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम

चितवन । अधिवक्ता गोपिलाल देवकोटाले न्यायीक हिरासतमा रहेका सञ्चारकर्मि रवि लामिछाने तत्कालै छुट्ने सम्भावना कम रहेको बताएका छन् । आईतबार भरतपुरमा पत्रकारसँग कुरा गर्दै देवकोटाले अनुसन्धानका पाटाहरु अझ धेरै रहेकाले रवि तत्कालै छुट्ने सम्भावना कम रहेको बताएका हुन् ।

उनले रविमाथी फेरि म्याद थप हुनसक्ने सम्भावना रहेको उल्लेख गरेका छन् । रविसहित युवराज कंडेल र अस्मिता कार्की अहिले न्यायीक हिरासतमा रहेका छन् । उनीहरुमाथी ५ दिनको म्याद थपि अहिले अनुसन्धान भइरहेको छ । चितवन जिल्ला अदालतबाट थप गरिएको म्याद मंगलवार सकिँदै छ । 

माउन्टेन टेलिभिजनका पत्रकार सालिकराम पुडासैनि मृत्यु प्रकरणमा नाम मुछिएपछि उनीहरु काठमाडांैबाट पक्राउ परेका हुन् । गत साउन २० गते पुडासैनि चितवनको भरतपुर महानगरपालिका १ नारायणढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । 

प्रतिक्रिया दिनुहोस