प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

सफल खबर संवाददाता

आइतबार, ०१ भदौ २०७६, ०९ : १८
प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्ने

फाईल फोटो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने भएका छन् । बिहान ११ बजे प्रतिनिधीसभा बैठकमा ओलीले सम्बोधन गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले केही समय पहिले संसदमा सम्बोधन गर्ने कार्यसूचि रहेकै बेला कांग्रेस सभापतिले पनि बोल्न खोजेपछि पहिले को बोल्ने भन्नेमा विवाद भएपछि त्यसबेला प्रधानमन्त्रीले संसदमा बोल्न पाएका थिएनन् ।

गुठी विद्येयकका विषयमा सडक देखि सदनसम्म विरोधका आवाज चर्किरहेका बेला प्रधानमन्त्रीले समसामायिक विषयमा बोल्न खोज्दा वोल्न पाएका थिएनन् । त्यसपछि प्रधानमन्त्री संसदमा पनि खासै पुगेका छैनन् ।

उनको स्वास्थ्य अवस्था, सिंगापुरको उपचार भ्रमण लगायतका विषयमा पनि संसदमा प्रश्न उठाईरहेका बेला प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्न लागेका हुन्  ।

प्रतिक्रिया दिनुहोस