चितवनमा श्रीकृष्ण जन्माष्टमी भव्यताका साथ मनाइने

वरिष्ठ समाजसेवि उमा शंकर अग्रवाललाई संयोजकको जिम्मेवारी

प्रकाश सिग्देल

विहीबार, ३० साउन २०७६, १८ : ४३
चितवनमा श्रीकृष्ण जन्माष्टमी भव्यताका साथ मनाइने

– प्रकाश सिग्देल
चितवन । चितवनका हिन्दुवादी संघ संस्थाले श्रीकृष्ण जन्माष्टमी सामुहीक रुपमा भव्यताका साथ मनाउने भएका छन् । धार्मिक ऐक्यबद्धता हाम्रो प्रतिबद्धता भन्ने मुल नाराका साथ श्रीकृष्ण जन्माष्टमी शोभायात्रा महामहोत्सव आयोजना गर्न लागीएको विश्व हिन्दु महासंघका केन्द्रीय सदस्य तथा वरिष्ठ समाजसेवि टंकनाथ पौडेलले बताउनुभयो । २०७६ भाद्र ६ गते शुक्रबार श्रीकृष्ण जन्माष्टमीको दिन सम्पूर्ण आध्यात्मिक तथा धार्मिकसंघ संस्थाहरुको संयुक्त आयोजनामा कार्यक्रमक गर्न लागिएको उहाँको भनाइ छ । यस अघिका वर्षहरुमा सबै संघसंस्थाले फरक फरक तवरले मनाउने गरेकोमा अबबाट सबैले संयुक्त रुपमा मनाउने निर्णय गरी सबै एक भएको र भव्यताका साथ मनाउने तयारी गरिएको उहाँ बताउनु हुन्छ ।
श्रीकृष्ण जन्माष्टमी शोभायात्रा महामहोत्सव मुल आयोजक समिति गठन गरी तयारी थालिएको पौडेलले बताउनुभयो ।
श्रीकृष्ण भगवानकोे पुजा आरधना र स्मरण गरे मानव जीवन सुखमय बन्ने हँुदा भगवान श्रीकृष्णको सबैले पुजा र आरधना गर्नुपर्ने श्रीकृष्ण जन्माष्टमी शोभायात्रा महामहोत्सव मुल आयोजक समितिका संयोजक उमासंकर अग्रवालले बताउनुभयो । यस अघि एउटै भगवानको पनि फरक फरक सम्प्रदायले फरक फरक तवरले पुजा आरधना गर्ने प्रचलन रहेकोमा त्यसलाई अन्त्य गरी सबैले एकै तवरबाट मनाउने प्रयास स्वरुप नयाँ अभ्यासको थालनि गरिएको उहाँ बताउनु हुन्छ ।
भाद्र ६ गते शुक्रबार नारायणी नदि किनारको हरिहर मन्दिरबाट बाजा गाजासहित विभिन्न जातजातीको भेषमा शोभायात्रा निकाली बजार परिक्रमा गरी भरतपुर ११ को जागिृतिचोकको धावन रिक्रिएसन सेन्टर एवं पाटि प्यालेसमा कार्यक्रम आयोजना गर्ने उहाँको भनाइ छ । कार्यक्रममा सहभागि भई श्रीकृष्ण जन्माष्टमीलाई भव्य र सव्य बनाउन सहयोग गर्न आयोजक संस्थाले चितवन नवलपुर वासी सबैमा आग्रह गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस