जनप्रतिनिधिले अपशव्द बोलेपछि स्थानीयले लगाए कालोमोसो

विहीबार, ३० साउन २०७६, १८ : ०७
जनप्रतिनिधिले अपशव्द बोलेपछि स्थानीयले लगाए कालोमोसो

जनकपुर । जनताबाट निर्वाचित जनप्रतिनिधिले नै अपशव्द प्रयोग गरेपछि स्थानीयले कालोमोसो दलेका छन् । 

पर्सामा एक जनप्रतिनिधिले अपशब्द प्रयोग गरेपछि स्थानीयवासीले कालोमोसो दलेका हुन् । पर्साको बिन्दवासिनी गाउँपालिकाको वडा नम्बर २ स्थित बहुअर्वाका वडाध्यक्ष सञ्जय चौहानसँग विकास निर्माणको बारेमा सोधखोज गर्दा गालीगलौज गरेपछि स्थानीयवासी कालोमोसोसहित हातपातसमेत गरेका थिए।

स्थानीय कृष्ण ठाकुरको अगुवाईमा वडा कार्यालयमा पुगेको समूहले वडाध्यक्ष चौहानमाथि कालोमोसो दलेको हो । 

केही समय पहिले विन्दवासिनी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष सलमा खातुनका श्रीमान हनिफ अन्सारीमाथि पनि विकास निर्माणकै विषयमा विवाद हुँदा कुटपिट भएको थियो ।  विगत केही दिनदेखि पर्साका स्थानीयतहमा जनप्रतिनिधिहरुको कार्यशैलीप्रति स्थानीयवासीहरुको आक्रोश बढ्दै गएको छ । स्थानीय तहमा हुने भ्रष्टाचारका विरुद्धमा स्थानीयवासीहरु अगाडि बढ्दै गएका छन् । 

त्यसैगरी कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष हिराबहादुर थापालाई पनि कालोमोसो र चप्पलको माला लगाएर दुव्र्यवहार भएको छ । बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको थियो ।
 

प्रतिक्रिया दिनुहोस