भोको सर्पले आफ्नै पुच्छर निल्यो (भिडियोसहित)

बुधबार, २९ साउन २०७६, १७ : ५४
भोको सर्पले आफ्नै पुच्छर निल्यो (भिडियोसहित)

काठमाडौं । अमेरिकाको पेन्सिल्भानियामा एउटा भोको सर्पले आफ्नै पुच्छर निलेको छ । 

फरगटन फ्रेन्ड रेप्टाइल स्यांकचुअरीका जेसी रोथेकरले फेसबूकमा भिडियो शेयर गरेका छन् । सो भिडियोमा सर्पले पुच्छर निल्न खोजेको देखिन्छ । सर्पले आफ्नो शरीरको अधिकांश भाग निलेको देखिन्छ । सर्प भोकाएमा अर्को सर्पलाई वा आफैंलाई खाने रोथेकरले बताए । 

रोथेकरका अनुसार, सर्पले आफ्नो पुच्छरलाई अर्को सर्प भन्ठानेर खाइदिन्छ । पछि बल्ल उसले आफैंलाई खाइरहेको थाहा पाउँछ । अनि पूरा खान पनि सक्दैन । 
 

प्रतिक्रिया दिनुहोस