बकर इदको शुभकामना

पत्रपत्रिकाबाट

सोमबार, २७ साउन २०७६, ०६ : ३४
बकर इदको शुभकामना

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले साझा सांस्कृतिक धरोहरका रूपमा रहेका असल परम्पराहरूको संरक्षण तथा सम्बद्र्धनले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने बताउनुभएको छ । 
इस्लाम धर्मावलम्बीहरूको महान् पर्व बकर इद ९इदुल जोहा०का अवसरमा मुस्लिम समुदायमा शुभकामना दिँदै राष्ट्रपति भण्डारीले परम्पराहरूको संरक्षणले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्न गई समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प हासिल गर्न मद्दत पुग्नेमा आफू विश्वस्त रहेको उल्लेख गर्नुभएको छ । 

यस अवसरमा राष्ट्रपति भण्डारीले इस्लाम धर्मावलम्बीहरूको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना पनि गर्नुभएको छ । उहाँले यस पर्वले विविधतायुक्त नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व अभिवृद्धि गरी मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याउने विश्वास पनि लिनुभएको छ । 

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले बकर इदका अवसरमा सम्पूर्ण मुस्लिम दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले यो वर्ष हज गर्न साउदी अरब गएका एक हजार पाँच सय नेपाली हाजीलाई पनि यस अवसरमा हजमुबारक व्यक्त गर्नुभएको छ । 

यसैगरी पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले ‘इद अल जोहा’ले नेपाली समाजमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने बताउनुभएको छ । देउवाले लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका लागि इस्लाम धर्मावलम्बीहरूको योगदानको चर्चा पनि गर्नुभएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस