२४ घण्टा पुग्नलाग्दा पनि किन उठेन पत्रकार सालिकरामको शव ?

उर्गेन तामाङ

मंगलबार, २१ साउन २०७६, १८ : २०
२४ घण्टा पुग्नलाग्दा पनि किन उठेन पत्रकार सालिकरामको शव ?

चितवन । चितवनको एक होटलमा मृत भेटिएका पत्रकार सालिकराम पुडासैनीको शव २४ घण्टा पुग्न लाग्दा पनि उठ्न सकेको छैन । उनका परिवारले घट्ना संकास्पद भएको भन्दै ससत्यतथ्य पत्ता नलगाएसम्म शव नबुझ्ने अडान लिएका छन । प्रहरीले शवको मुचुल्का उठाए पनि परिवारको अडानका कारण शव उठ्न नसकेको हो । 

परिवारका अनुसार सँधै क्यामेरा बोकेर हिड्ने व्याग नभएको, कोठाको भ्mयालबाट सजिलै मान्छे निस्कन मिल्ने, यस अघि पनि विभिन्न धम्की आउनेगरेको थियो । न्युज २४ मा सिधा कुरा जनतासँग रहेको बेला धम्की आउने गरेकाले पनि सड्यन्त्रपुर्वक हत्या गरेको परिवारको आशंका छ । 

मृतक सालिकरामका परिवारले होटल सञ्चालकलाई नियन्त्रणमा लिनुपर्ने र प्रभावकारी अनुसन्धान गर्नुपर्ने माग गरेका छन । दाजु हरि प्रसाद पुडासैनीले सत्यतथ्य पत्ता लगाउने प्रतिवद्धतासहित प्रक्रिया अघि बढाए मात्रै शव बुझ्ने बताए । 
प्रहरीले मुचुल्का उठाए पनि शव कोठाभित्रै रहेको छ । मृतकका परिवार जाहेरीका लागी जिल्ला प्रहरी कार्यालय चितवनमा गएका छन । उनिहरु घट्नास्थलमा फर्किएपछि शव पोसमार्टमका लागी भरतपुर अस्पताल लगीने प्रहरीको भनाई छ । 
होटलका सञ्चाल यज्ञ बहादुर कार्किले आफुलाई घट्नाबारे केहि थाहा नभएको बताएका छन । उनका अनुसार होटलमा सोमवार दिउसो साढे ३ बजेतिर पुगेका सालिकरामले कोठामा पुगेर केहिसमय बाहिर निस्किएर तत्कालै फर्किका थिए । त्यसपछि राति खाना खान होटलका कर्मचारीलाई खान खानका लागी बोलाउन जाँदा ढोका नखुलेपछि प्रहरीलाई खवर गरेका थिए । त्यसपछि प्रहरी र होटल व्यवसायीको रोहवरमा ढोका फोडेर खोलीएको उनको भनाई छ ।

पत्रकार पुडासैनी केहि महिनायता माउन्टेन टिभिमा कार्यरत थिए । यसअघि उनि न्युज २४ को सिधा कुरा जनतासँग कार्यक्रममा आवद्ध रहेका थिए । उनको घर नुवाकोट हो । पुडासैनी भरतपुर महानगरपालिका १ नारायगढस्थित पोखरा बसपार्कको कंगारु होटलमा सोमवार ९ बजे झुण्डिएको अवस्थामा मृत भेटिएका थिए ।
 

प्रतिक्रिया दिनुहोस