३० वर्षपछि खुल्यो चितवनमा त्रिविको इन्जिनियरिङ क्याम्पस, शैक्षिक हव बनाउन महत्वपुर्ण कदम

सफल खबर संवाददाता

आइतबार, १९ साउन २०७६, १९ : ३७
३० वर्षपछि खुल्यो चितवनमा त्रिविको इन्जिनियरिङ क्याम्पस, शैक्षिक हव बनाउन महत्वपुर्ण कदम

चितवन । त्रिभुवन विश्वविद्यालयले भरतपुरमा चितवन ईन्जिनियरीङ क्याम्पस रामपुर को सुभारम्भ गरेको छ । आईतवार एक कार्यक्रमकाविच भरतपुर महानगरपालिका १५ रामपुरमा रहेको जग्गामा क्याम्पस सञ्चालनको सुभारम्भ गरेको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनिया र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्त रुपमा व्यानर खोलेर क्याम्पस सञ्चालनको सुभारम्भ गरेका हुन । 

त्रिवि र भरतपुर महानगरको संयुक्त सहकार्यमा सुभारम्भ भएको क्याम्पसमा यसै शैक्षिक सत्रबाट कम्प्युटर ईन्जिनियरीङको पठनपाठन हुने जनाएको छ । आगामि शैक्षिक सत्रदेखि विभिन्न ७ वटा इन्जिनियरिङ विधाका पाठ्यक्रम सुरु गर्ने लक्ष्य रहेको क्याम्पस सम्पन्न गराउन  करिव १९ अर्ब लाग्ने त्रिविले जनाएको छ । 

नेपालकै नमुना क्याम्पस बनाउने
त्रिविले ‘चितवन ईन्जिनियरीङ क्याम्पस’ लाई नेपालकै नमुना क्याम्पसका रुपमा सञ्चालन गर्ने जनाएको छ । त्रिविका उपकुलपति तिर्थ खनियाले सरकारी लगानीको ईन्जिजियरीङ क्याम्पस ३० वर्षपछि खुलेकाले यसलाई नमुना बनाईने बताए । क्याम्पसको स्थान चितवन भए पनि नेपालकै लागी गर्वको कुरा भएको उनको भनाई छ । लामो समयपछि ईन्जिनियरीङ क्याम्पस सञ्चालनमा आएकाले यसलाई सफल बनाउन सवै सरोकारवाला पक्षलाई उपकुलपति खनियाले आग्रह गरेका छन । उनले भने ‘कृषी विश्वविद्यालय र त्रिवि विच कुनै द्धन्द्ध रहने छैन, प्रतिस्पर्धीका रुपमा भन्दा पनि आपसी सहकार्यका साथ अघि बढ्नुपर्छ ।’



खनियाले शिक्षालाई उपलव्धीमुलक, व्यवसायीक र रोजगारमुलक बनाउन प्राविधिक शिक्षामा जोड दिनुपर्ने बताए । उनले शिक्षाको सुधारका लागी सरकारले यस्ता ईन्जिनियरीङ क्याम्पस अन्य स्थानमा पनि खोल्नुपर्नेमा जोड दिए । ईन्जिनियरीङ क्याम्पस सञ्चालनमा त्रिवि र महानगरको सहकार्यले सिंगो देशलाई फाईदा पुगेको उपकुलपति खनियाको दावी छ । 

शैक्षिक हव बनाउन महत्वपुर्ण कदम
भरतपुर महानगर प्रमुख रेनु दाहालले भरतपुरमा त्रिविको ईन्जीनियरीङ क्याम्पस सञ्चालन हुनु चितवनलाई शैक्षीक हवको रुपमा अघि बढाउन महत्वपुर्ण कदम भएको बताइन । त्रिवि र कृषी विश्वविद्यालयविचको जग्गा विवाद समाधानतर्फ अघि बढीरहेकाले क्याम्पस सञ्चालनमा कुनै समस्या नआउने मेयर दाहालको विश्वास छ । शैक्षीक विकासका लागी सवै सरोकारवाला पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिदै दाहालले शैक्षीक विकासमा सवै एक हुन आग्रह समेत गरीन । 

विगत ६ महिनादेखिको प्रयास सफल भएको भन्दै दाहालले आगामि दिनमा अन्य धेरै शैक्षीक विकासका कार्यक्रम अघि बढाईने बताए । भरतपुरमा प्रहरी विद्यालय सञ्चालनमा आईसकेको, सिटिईभिटी अन्तर्गत प्राविधिक शिक्षालय, महिलाका लागी छुट्टै प्राविधिक शिक्षालय सञ्चालनको तयारी भईरहेको बताए । यस्तै खुल्ला विश्वविद्यालयका लागी पनि प्रकृया अघि बढीसकेको कार्यक्रममा जानकारी दिईन । उनले निर्वाचनताका जनतासँग बोलेका वाचा पुरा गराउने बाटोमा अघि बढीरहेको दावी गर्दै समृद्धिका लागी हातेमालो गर्न सवैसँग आग्रह गरेका छन । 

यस्तै प्रदेश सांसद विजय सुवेदिले शैक्षीक विकासका लागी त्रिवि र महानगरको यो सहकार्य कोषेढुंगा सावित हुने बताए । शैक्षीक हवको रुपमा अघि बढीरहेको चितवनमा त्रिविको ईन्जिीनियरीङ क्याम्पस सञ्चालनमा आउन खुसीको कुरा भएकाले यसले समग्र देशलाई फाईदा पुग्ने उनको भनाई छ ।

यस्तै जिल्लास्थित राजनीतिक दलका प्रमुखले पनि क्याम्पस सञ्चालनका लागी एकवद्धता व्यक्त गरे । नेपाल कम्युनिष्ट पार्टि नेकपा चितवनका अध्यक्ष यम बहादुर परियारले जिल्ला र समग्र देशका लागी खुसीको कुरा भएकाले क्याम्पसका लागी जस्तोसुकै त्याग गर्न पनि तयार रहेको बताए । 

कांग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले जिल्ला बाहिर गएर निजी क्याम्पसमा अध्यययन गर्नुपर्ने बाध्यता हट्नु विद्यार्थीसँगै जिल्लाबासीका लागी गर्वको विषय भएको बताए । उनले पार्टिका तर्फबाट जस्तो सुकै त्याग गर्न तयार रहेको प्रतिवद्धता जनाए । 

प्रतिक्रिया दिनुहोस