किन बनाईंदैछ व्रिटिस क्याम्पलाई ज्यानमारा घाट ? क्याम्प क्षेत्र व्यवस्थापनमा योजनाविहिन गैंडाकोट नगरपालिका

प्रकाश सिग्देल

आइतबार, १९ साउन २०७६, १९ : २४
किन बनाईंदैछ व्रिटिस क्याम्पलाई ज्यानमारा घाट ?  क्याम्प क्षेत्र व्यवस्थापनमा योजनाविहिन गैंडाकोट नगरपालिका

– प्रकाश सिग्देल
गैडाकोट । गैडाकोटको सुन्दर क्षेत्र र पिक्निक स्पोर्टको रुपमा रहेको ब्रिटिस क्याम्प संरक्षण र बिकासका लागी गैडाकोट नगरपालिकाले कुनै चासो दिएको छैन् । गैडाकोट बुटवल सडक खण्ड निमार्ण गर्दा निमार्ण कर्ता बिदेशी कम्पनिले कार्यलय खडा गरेको सो आसपासको क्षेत्र  आफैमा निकै सुन्दर र मनमोहक रहेको छ । मौलाकालिको फेदी ,देवघाट  नारायणी नदिको काखमा रहेको देवघाटको चिसो हावाको स्पर्शले आनन्दको अनुभुति गर्न सकिने र हेर्दै मनोरम पिक्निक स्पोर्ट रहेको सो क्षेत्रको बिकासमा नगरपालिकाले चासो नदिनु गम्भिर बिषय हो ।

सोे क्षेत्रमा दैनिक दजनौ मानिसहरु मनोरन्जनका लागी जानेगरेका छन् भने गैडाकोटको ३ नम्वर वडामा पर्ने हर्दी केलादी जाने मार्ग समेत त्यही बाट गएको छ । जहा नेपालका धेरै राम्रा राम्रा फिल्म हरुको छायांकन समेत हुने गरेको छ । 

बिटिस क्याम्प क्षेत्रलाई नगरपालिकाले संरक्षण र बिकासमा चासो नदिदा त्यहा दुर्घटना समेत बढेको स्थानियहरुले बताएका छन् ।

बिगतका वर्षहरुमा हरेक वर्ष जसो त्यहाबाट नदिमा डुबेर मानिसको मृत्यु हुने गरेको र नगरपालिकाले त्यसलाई ब्यवस्थीत र सुरक्षित बनाउन नसक्दा अकालमै धेरैले ज्यान गुमाउनु परेको स्थानियहरु बताउछन् ।

नदि किनारमा ठुेलो खोच, पानिको बेग र ठुला चटानका कारण त्यहा दुर्घटना हुने गरेको हो । सन्दर र आक्रषक बातावरण भएकाले नदि किनारमा रहेका चटानमा चडेर फोटो खिच्ने क्रममा चिप्लिएर पानिमा डुवेर धेरैले ज्यान गुमाएका छन् । सो क्षेत्रमा पानिको बेग बढि र भुमरी परेका कारणले त्यहाबाट डुब्नेहरु अधिकाम्स मृतक फेला परेका छन् ।

निकै जोखिम र आक्रषक रहेको सो क्षेत्रको जोखिमलाई हटाएर मनोरन्जन युत्त पार्कका रुपमा बिकास गर्न नगरपालिकाले नदि किनार क्षेत्रमा रेलिगंको बार लगाएर त्यो क्षेत्रलाई सुरक्षित बनाई पार्कका रुपमा बिकास गर्नु पर्ने स्थानियहरुको माग छ ।

प्राध्यापक तथा गैडाकोटका सामाजिक अगुवा गिरिराज उपाध्यायले बिटिस क्यापक्षेत्र आफैमा महत्वपुर्ण र आक्रषक क्षेत्र भएकाले यसको बिकासमा नगरपालिकाले बिशेष चासो दिनु पर्ने बताउनु भयो । नगरपालिकाले यसलाई पार्कका रुपमा बिकास गर्नु पर्ने उहाको भनाइृ छ ।

छेउबाट वाल लगाएर जालि हालि सुरक्षित बनाएर रेलिगं राखेर त्यसमा  अन्य पुर्वाधार बिकास गरी सुन्दर पार्क बनाउनु पर्ने उहा बताउनु हुन्छ ।

सो क्षेत्रलाई सुन्दर पार्कका रुपमा बिकास गर्न केहि वर्ष अगाढी देवघाट क्षेत्रबिकास समितिका अध्यक्ष टंकनाथ पौडेलले गैडाकोट नगरपालिकासंग सहकार्य गरी पार्क निमार्ण गर्ने योजना बनाउनु भएको थियो । त्यसको काम धेरै अगाढी बढेको र पछि जनप्रतिनिधि आएपछि त्यो योजना त्यसै थन्किएको देवघाट क्षेत्रबिकास समितिका निर्वतमान अध्यक्ष टंकनाथ पौडेलले बताउनु भयो ।
  
यता गैडाकोट नगरपालिका नगरप्रमुख छत्रराज पौडेलले यस क्षेत्रको विकासको लागी तत्काल केहि योजना   नरहेको बताउनु भयो । उहाँले ब्रिटिश क्याप क्षेत्र नदीको आसपासको क्षेत्र हुनाले पनि पटक पटक त्यहाँ मानिसहरु डुबने गरेको समेत बताउनु भयो ।  साथै राम्रो तटबन्दको  व्यवस्था गर्न नसकेका कारण  तत्काल त्यो क्षेत्रको  विकासको लागी योजना नरहेको बताउनु भयो  ।

नदीको आसपास तटबन्ध लगाई  व्यवस्थीत गर्न सकेमा यो क्षेत्र पार्यटकीय स्थल बन्न सक्ने अत्याधिक सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस