त्रिवि सेवा आयोगको अध्यक्षमा पौडेल

सफल खबर संवाददाता

आइतबार, १९ साउन २०७६, १४ : ४७
त्रिवि सेवा आयोगको अध्यक्षमा पौडेल

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भुगर्भ विभाग प्रमुख पौडेललाई शनिबार अध्यक्षमा नियुक्त गरेका हुन् ।

आयोगको सदस्यमा त्रिवि शिक्षा शास्त्र संकाय अन्तर्गत शैक्षिक योजना समितिका हेमराज ढकाल नियुक्त भए । सहकुलपतिसमेत रहेका शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल संयोजकत्वको सिफारिस समितिले दिएको नाम अनुसार नै प्रधानमन्त्रीले उनीहरुलाई नियुक्त गरेका हुन् ।

नियुक्ति पाउने दुबै जना सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट मानिन्छन् ।

प्रतिक्रिया दिनुहोस