पीएचडीको थेसिस निर्माणमा जुटेका विद्यार्थीमाझ किन पुगे पूर्वप्रधानमन्त्री भट्टराई ?

सफल खबर संवाददाता

शनिबार, १८ साउन २०७६, १७ : ३०
पीएचडीको थेसिस निर्माणमा जुटेका विद्यार्थीमाझ किन पुगे पूर्वप्रधानमन्त्री भट्टराई ?

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले शनिबार त्रिभुवन विश्वविद्यालय किर्तीपुरमा पीएचडीको थेसिस निर्माणमा जुटेका विद्यार्थीमाझ पुगे । किर्तीपुरमा उनले घण्टौंसम्म प्रवचन दिएर छलफल समेत गरेका छन् ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पुगेर उनले त्रिवि ग्रामीण विकास केन्द्रीय विभागमा विद्यावारिधिको शोध (पीएचडी थेसिस) गरिरहेका विद्यार्थीलाई नेपालको अर्थ राजनीतिको दिशाु शीर्षकमा छलफल गरेका हुन्।

भट्टराईको प्रिजेन्टेसनमा विकास र समृद्धिको अवधारणा, नेपालको उत्पादन प्रणालीको चारित्र, गाउँ सरहको विभेदीकरण, आर्थिक क्रान्तिको मार्गचित्र लगायतका विषय थिए।

डा. बाबुराम भट्टराईको प्रस्तुति हेर्न तलको लिंक क्लिक गर्नुहोस्,
https://drive.google.com/file/d/18T2BZC1wPEaJRMmhg22joaitsoRgBFN-/view

प्रतिक्रिया दिनुहोस