‘सामूहिक बलात्कार’ प्रहरीद्वारा गुपचुप !

पत्रपत्रिकाबाट

मंगलबार, १६ माघ २०७४, ०७ : ३४
‘सामूहिक बलात्कार’ प्रहरीद्वारा गुपचुप !

            केटा साथीसँग होटलमा बसेकी युवती उनकै ३ साथीबाट ‘बलात्कृत’ भएको घटनाको उजुरी नलिई                                                      दरबारमार्ग  प्रहरीले ‘लेनदेन गरेको’ आशंका
दरबारमार्गस्थित ल्यान्डमार्क होटलमा ४ जनाको समूहले एक युवतीलाई गत बिहीबार राति ‘सामुहिक बलात्कार’ गरेको घटनामा प्रहरीले उजुरी दर्ता नगरी मिल्न दबाब दिएको पाइएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले उक्त घटनाको अनुसन्धान गर्न सोमबार एसपी रामदत्त जोशीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेपछि यो घटना बाहिर आएको हो ।

स्रोतका अनुसार राति आफ्नो केटा साथीसहित होटलमा बसेकी ती युवतीलाई अबेर राति आएका केटाका ३ जना साथीले सामूहिक बलात्कार गरेका थिए ।

शुक्रबार बिहान करिब ८ बजे उनीहरुले ती युवतीलाई ट्याक्सीमा राखेर घर छाडिदिन भनेका थिए । युवतीले भने आफू बलात्कृत भएको बताउँदै घर होइन, प्रहरीकहाँ लगिदिन ड्राइभरलाई आग्रह गरेकी थिइन् ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ । 

प्रतिक्रिया दिनुहोस