राजधानीमा नक्कली विदेशी डाक्टरको बिगबिगी

पत्रपत्रिकाबाट

मंगलबार, १६ माघ २०७४, ०७ : ३०
राजधानीमा नक्कली विदेशी डाक्टरको बिगबिगी

काठमाडौं । नेपाल र नेपाली जनताको स्वास्थ्यमाथि खेलबाड गर्दै आएका झन्डै दुई दर्जन विदेशी नागरिक अनुसन्धानको दायरामा पुगेका छन् ।

सोमबार एकैदिन ठमेलदेखि बौद्धसम्मका केही क्लिनिकमा अवैधरुपमा चिकित्सकीय अभ्यास गरिरहेका विदेशी नागरिक पक्राउ परेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ ।

यसरी अवैध रुपमा चिकित्सकीय अभ्यास गर्दै आएका अधिकांश काठमाडौं उपत्यकाभित्र विभिन्न अस्पताल तथा क्लिनिकरुमा डाक्टर बनेर काम गरिरहेका फरक फरक मुलुकका नागरिक भएको बुझिएको छ ।

सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मेडिकल काउन्सिलले संयुक्त रुपमा छापा मार्ने क्रममा विदेशी नागरिकहरु कार्यस्थलबाटै पक्राउ परेका हुन् ।

प्रतिक्रिया दिनुहोस