भैरहवा । प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनका अर्का सारथी पक्राउ परेका छन् ।
रुपन्देही देवदहका बलु भनिने बसन्त पौडेल हत्या योजनामा सं०लग्न भई फरार बुटवल उपमहानगर–१७ मोतिपुरका ५१ वर्षीय ओमप्रकाश चौधरी भनिने चौधरी डंगोरिया थारुलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले जानकारी दिएका छन् ।
हत्याकाण्ड घटनामा व्यवस्थापकिय भुमिका निर्वाह गरेको अनुसन्धानमा पाइएको थापाले बताए । प्रहरीका अनुसार थारुले सुटरलाई हतियार, मोटरसाइकल व्यवस्थापन, मोटरसाइकलको नम्बर प्लेट परिवर्तन र बलुको निगरानी गरेको अनुसन्धानबाट खुलेको छ । यो समाचार अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शनिबार, १८ साउन २०७६, ०७ : ३२
लेखकबाट थप