काठमाडौँ । फिल्म चल्दा कलाकारलाई फाइदा हुन्छ, फ्लप हुँदा घाटा। तर, नेपाल र यसका धेरै फिल्म कलाकार अपवाद हुन्। फिल्मको परिणाम जेसुकै होस्, उनीहरू व्यस्त भइरहन्छन्।
वर्षा शिवाकोटी पनि यही कोटीमा पर्छिन्। अझ ‘वीरविक्रम २’ले उनलाई चिट्ठै पारेको छ, जबकि फिल्मले बक्स अफिसमा ‘जात्रैजात्रा’बाट राम्रै धुलाइ खाएको थियो। प्रनेश गौतमसँगको विवाद त छँदै छ। फिल्म बक्स अफिसमा नचले पनि यही फिल्म लिएर वर्षा विश्व भ्रमणमा छिन्।
भर्खरै उनी लनडनको रेड कार्पेट प्रिमियरमा उपस्थित थिइन् र त्यतैबाट जापान पुगिन्। फिल्मको हङकङमा पनि सो हुँदै छ र पक्का छ, वर्षा त्यता पनि पुग्नेछिन्। फिल्म नचल्दा पनि यति धेरै भ्रमण गर्न पाएपछि उनी फाइदामा गइनन् त ? घाटा त फिल्मलाई पो छ। जहाँ जति घुमे पनि लगानी उठ्दैन। सम्पूर्ण बाट
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १७ साउन २०७६, २० : ३९
लेखकबाट थप