राष्ट्रपतिद्वारा मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ

बुधबार, १५ साउन २०७६, १८ : ३८
राष्ट्रपतिद्वारा मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुुमार भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनुुभएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा आज अपराह्न आयोजित विशेष कार्यक्रममा राष्ट्रपति भण्डारीले नव नियुक्त मन्त्री भट्टराईलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो । 
 
प्रधानमन्त्री केपी शर्मा ओलीले सो मन्त्रालयको कार्यभार सम्हाल्दै आउनुुभएको थियो । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको विस २०७५ फागुन १५ गते ताप्लेजुुङमा भएको हेलिकप्टर दुुर्घटनामा निधन भएको थियो । यसपछि मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्दै आउनुभएको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनः, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल कार्यक्रममा सहभागी हुनुहुन्थ्यो । साथै संवैधानिक निकायमा प्रमुख, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा सचिवालय सदस्य वामदेव गौतम, सांसद तथा नेकपाका नेता तथा कार्यकर्ताको कार्यक्रममा सहभागी हुनुुहुुन्थ्यो । ताप्लेजुुङ जिल्लाबाट प्रतिनिधिसभाका नवनियुक्त भट्टराई निर्वाचित हुनुुहुुन्थ्यो । (रासस) 

प्रतिक्रिया दिनुहोस