ग्लोवल रिचको एजेकेशन फेयरमा बिद्यार्थीको उत्साह

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, १८ : ४५
ग्लोवल रिचको एजेकेशन फेयरमा बिद्यार्थीको उत्साह

चितवन । ग्लोवल रिचद्धारा आयोजित दि विगेस्ट अष्ट्रेलिया एजेकेशन फेयर सम्पन्न भएको छ । अष्ट्रेलियाका ११ वटा बिश्वबिद्यालयका प्रतिनिधिहरु सहभागि सो शैक्षिक मेलामा अष्ट्रेलियाका ११ वटा बिश्वबिद्यालयले आफनो स्टल राखेका थिए । साथै बैंकहरुको समेत स्टल रहेको थियो ।  सो अवसरमा सहभागि बिद्यार्थीलाई कलेजका प्रतिनिधिहरुले परामर्श दिएका थिए । सहभागि बिद्यार्थीहरुले आफुहरुका जिज्ञासाहरु कलेजका प्रतिनिधिहरु संग राखेका थिए । सहभागि बिश्वबिद्यालयका प्रतिनिधिहरुले अष्ट्रेलिया अध्यानका लागी जादा आवस्यक सबै ज्ञान नेपालबाटै लियो भने धेरै फाईदा पुग्ने बताउदै अस्टेलियाका बिश्वबिद्यालयको बारेमा धेरै भन्दा धेरै ज्ञान लिन आग्रह गरेका थिए ।  सहभागि बिद्यार्थीहरुले मेला निकै प्रभावकारी भएको बताएका थिए ।

युनिर्भसिटीका प्रतिनिधि संग प्रत्यक्ष रुपमा सम्बन्धित विषयको कोर्स, भर्ना शुल्क,स्कलरसिप तथा स्टूडेन्ट सर्पोट सर्भिसको बारेमा जानकारी लिन पाउदा निकै खुसि लागेको बिद्यार्थीहरुले बताएका छन् ।

फेयरमा ५ सय भन्दा बढि बिद्यार्थीहरुको सहभागिता भएको ग्लोवल रिच एजुकेशन कन्सल्टेन्सिका क्षेत्रिय प्रमुख शुरेस पौडेलले जानकारी दिनु भयो । सहभागि बिद्यार्थीहरुले ष्त, नर्सिङ, एकान्टिङ, इन्जिनियरिङ जस्ता विषयहरुमा रुची राखेको पौडेलको भनाई छ ।

अस्टेलियाका ११ वटा मुख्य बिश्वबिद्यालयको सहभागितामा मा आफुहरुले चितवनमा शैक्षिक मेला गरेको र मेलामा सहभागि बिद्यार्थीहरुमा आफुले प्रयाप्त उत्साह देखेको ग्लोवल रिच नेपाल प्रमुख नारायण बजाजले बताउनु भयो । उहाले अधिकाम्स बिद्यार्थी १२ को परिक्षा दिएर बसेको र रिजल्ट आए लगतै अष्ट्रेलिया जाने चाहाना गरेको आफुले पाएको बजाज  बताउनु हुन्छ । चितवनमा शैक्षिक मेला निकै सफल भएको बताउदै उहाले आफुहरुले अस्टेलियामा बिद्यार्थी मर्कामा नपरुन भनेर हरेक ६÷ ६ महिनामा यस्तो मेला गर्दै आएको बताउनु भयो । उहाले यो मेला बिद्यार्थी र तिनका अभिभावकहरुका लागी निकै उपयोगी भएको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस