कक्षा १२ को नतिजा सार्वजनिक (नतिजासहित)

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, १८ : ३३
कक्षा १२ को नतिजा सार्वजनिक (नतिजासहित)

काठमाडौं । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । गत वैशाखमा भएको परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्ड सोमबार सार्वजनिक गरेको हो ।
गत वैशाखमा भएको परीक्षामा नियमिततर्फका २ लाख ९२ हजार १ सय ५३, ग्रेडवृद्धितर्फ ७८ हजार ७ सय ४४ र आंशिकतर्फ ५७ हजार १ सय ७० जनाले परीक्षा दिएका थिए । सोमबार दिउँसो परीक्षा बोर्डको बैठकपछि नतिजा सार्वजनिक गरिएको हो ।

ग्रेडिङ पद्दतिअनुसार ९ वटा तहको ग्रेडअनुसार बोर्डले नतिजा सार्वजनिक गरेको हो । ३१ हजार विद्यार्थीले २.८१ देखि ३.२० जीपीए प्राप्त गरेका छन् । २.४१ देखि २.८० जीपीए ल्याउनेको संख्या ५६ हजार ५ सय ३ जना रहेको छ । सबैभन्दा धेरै विद्यार्थीले मध्यम स्तरको जीपीए प्राप्त गरेको बोर्डले जनाएको छ । २.०१ देखि २.४० जीपीए ल्याउने विद्यार्थी ८६ हजार २ सय २७ जना रहेका छन् ।

१.६१ देखि २.०० जीपीए ल्याउने विद्यार्थी ६२ हजार ६ सय १९ जना छन् । १.२१ देखि १.१६० प्राप्त गर्नेको संख्या १९ हजार रहेको छ भने ०.८१ देखि १.२० ल्याउने परीक्षार्थी ३ हजार ५ सय २४ जना छन् । सबैभन्दा कम स्तरको ०.० देखि ०.८० ल्याउने विद्यार्थी १३ हजार ३ सय ६२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस