कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने

सफल खबर संवाददाता

सोमबार, १३ साउन २०७६, ०७ : ५७
कक्षा १२ को परीक्षाफल आज प्रकाशित हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल आज प्रकाशित गर्ने तयारी गरेको छ । परीक्षाफल प्रकाशितका लागि सबै तयारी पूरा भइसकेको परीक्षा बोर्ड स्रोतले जानकारी दिएको छ । परीक्षार्थीले प्राप्त गरेको प्राप्तांक जोडेर रुजु गर्ने कामसमेत सकिएको छ ।

परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएकाले सोमबार साँझ सञ्चालकहरूको बैठक बोलाइएको छ । बोर्ड बैठकमार्फत निर्णय गराएर मात्र परीक्षाफल प्रकाशित गर्ने प्रचलनअनुरुप बोर्ड बैठक आहृवान गरिएको हो ।

कक्षा १२ को परीक्षा गत वैशाखमा सञ्चालन भएको थियो । परीक्षामा देशभरबाट सहभागी ४ लाख परीक्षार्थी परीक्षाफलको पर्खाइमा छन् ।

विगतमा विज्ञान र अन्य विषयको परीक्षा अलग,अलग समयमा प्रकाशन गर्ने गरिएको थियो । तर, यसपटक सबै विषयको परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी बोर्डले गरेको छ ।

प्रतिक्रिया दिनुहोस