चितवन । चितवनको भरतपुरमा रहेका केही जापनिज भाषा पढाउने इन्स्च्यिुटहरुले विदेशी नागरिकले पढाउने भन्दै अनावश्यक प्रचार प्रसार गरी विद्यार्थीलाई ठग्ने काम गरिरहेका छन् ।
सबैभन्दा बढी अनावश्यक विज्ञापन गरी विद्यार्थीमा भ्रम फैलाएर कमाउ धन्दामा लागेको छ, नारायणगढको शहीदचोकमा रहेको सेन्ट्रल कलेज अफ भोकेस्नल ट्रेनिङ प्रालि । यो इन्स्च्यिुटले आफूलाई कलेज जस्तो देखाउन ठूलो अक्षरमा सेन्ट्रल कलेज भनेर लेख्ने गरेको छ भने त्यसैको तल सानो अक्षरमा अफ भोकेस्नल ट्रेनिङ प्रालि लेख्ने गरेको छ । यसले गर्दा पनि विद्यार्थी साँच्चै यही नै होकी भाषा पढाउने कलेज भनेर भ्रममा पर्ने गरेका छन् । इन्स्च्यिुटले आफूलाई कलेज नै भनेर प्रचार गरिरहँदा पनि आधिकारिक निकायहरुले यसलाई कुनै खवरदारी गर्न सकेका छैनन् ।
योभन्दा पनि अझ जटिल विषय त यसले हरेक चोकचोक र सडकका पोल, प्रतीक्षालय सबैतिर जापनिज भाषा जापनिजद्वारा नै भनी प्रचार प्रसार गरी विद्यार्थीलाई भ्रममा पार्ने काम गरेको छ । साइटो शिगेरु नामका १ जना जापनिजको फोटो टाँसेर होडिङ्ग वोर्ड बनाएर सबै शाखाहरुमा जापनिजबाट नै पढाइ हुने भन्दै यसले भ्रम छरेको छ । भिजिट भिषामा नेपाल आएर काम गर्न नपाइने नियम छ तर कलेजले गेष्ट टिचर भनि फोटो टाँसेर जापनिज भाषा जापनिजबाटै भनि प्रचार गरिरहेको छ । यस्तो भ्रम छरी विद्यार्थीलाई अन्योलमा पार्न नपाइने जानकारहरु बताउँछन् ।
गेष्ट टिचरले कति पटक कक्षा लिने हो । कहाँकहाँ कक्षा लिने हो त्यसको कुनै जानकारी नगराइ सीधै जापनिज भाषा जापनिजबाटै भनेर गलत प्रचार गरी विद्यार्थीलाई भ्रम छर्ने काम गरी ठगि गर्ने गरेको विद्यार्थीहरुको आरोप छ ।
कलेजका सञ्चालक यज्ञविलास पौडेल (वाइ वी) ले सिगेरु ५ महिनाका लागि भिजिट भिषामा नोपाल आउनु भएको र उहाँलाई गेष्ट टिचरका रुपमा राखेको बताए ।
गेष्ट टिचर राखेर किन जापनिज भाषा जापनिजबाटै भनी प्रचार गरेको भन्दा उनले गेष्ट टिचरका रुपमा सबै शाखाहरुमा पालैपालो कक्षा लिने भएकाले ब्रसर प्रचा पम्पेटमा फोटो छापेर प्रचार गरेको बताए ।
सञ्चालक पौैडेलले जपानबाट आउनेहरुले गेष्ट क्लास लिन पाउने दावी गरे । सञ्चालक पौडेलले कुन सर्तमा जापनिजलाई गेष्ट टिचरका रुपमा प्रयोग गरेका छन्, प्रशासनले आवश्यक छानविन गर्न जरुरी देखिन्छ ।
सिगेरु नामका जापनिज कुन प्रयोजनका लागि भिषा लिएर नेपाल आएका हुन यिनले यहाँ कुनकुन कुरा गर्ने छुट पाउने हुन्, चितवन प्रशासन र अध्यागमन विभागले अनुसन्धान गर्न जरुरी छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र वस्नेतले भिजिट भिषामा आएर काम गर्न नपाउने बताउँदै जापनिज पढाउने शिक्षकको हकमा भने आफूहरुले इन्स्च्यिुट सञ्चालकसँग कुन प्रयोजनका लागि अनुमति लिइ आएका हुन्, त्यसको बिषयमा बुझने बताए ।
त्यस्तै निप्पन एजुकेशन सेन्टरले पनि जापनिजले पढाउने गरेको भनि प्रचार गरी भ्रम फैलाउने गरेको विद्यार्थीहरुले गुनासो गरेका छन् । विद्यार्थीमाथि भ्रम पैदा गरी कमाइ खान पल्किएका इन्स्च्यिुट सञ्चालकहरुलाई प्रशासनले कडा नियमन गर्न जरुरी रहेको विद्यार्थी र अभिभावकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०९ साउन २०७६, १५ : ००
लेखकबाट थप