बजेट अभावमा रंगशालाको डिपिआर निर्माण कार्य रोकियो

प्रकाश सिग्देल

सोमबार, ०६ साउन २०७६, १९ : २१
बजेट अभावमा रंगशालाको डिपिआर निर्माण कार्य रोकियो

– प्रकाश सिग्देल
चितवन । डिपिआर निमार्णको रकम भुक्तानी गर्न नसक्दा गौतम बुद्ध अन्तराष्ठिय क्रिकेट  रंगशाला निर्माण कार्यमा ढिलाई हुने भएको छ । रंगशाला निर्माणका लागी चितवनबाटै बजेट संकलन नहुदा निर्माण कार्यमा तिब्रता दिन नसकिएको  धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष शिताराम कंटेल धुर्मुसले बताउनु भयो ।

२ महिना देखि रोकिएको काम लाई पुर्णता दिन टिम सहित चितवन आउनु भएका सिताराम कंटेल धुर्मुसले भरतपुरमा पत्रकारहरुसंग कुराकानी गर्दै रकम अभावले तयारी अवस्थामा रहेको डिपिआर समेत ल्याउन नसकेको बताउनु भयो । डिपिआरका लागी तत्काल ५ करोड बढि रकम भुक्तानी गर्नु पर्ने र फाउण्डेसनको खातामा रकम नहुदा समस्या भएको बताउनु भयो । बोलेको रकम समेत नउठेको र हाल सम्म १ करोडको हाराहारिमा बजेट खर्चो भईसकेको भन्दै उहाले तत्कालै ५ करोड रकम संकलन गरि डिपिआर ल्याएर बाकी निमार्णको काम अगाढी बढाउनु आवस्कय रहेको बताउनु भयो ।

जति चाडो डिपिआर आउछ त्यती चाडो परियोजना निमार्ण हुने बताउदै उहाले तत्कालै ५ करोड बजेत आवस्यक परेकाले बजेट ब्यवस्थापनमा सहयोग गर्न आग्रह गर्नु भयो । रंगशाला निर्माण गर्न चितवनमा सर्वपक्षीय ५ हजार १ सदस्यीय मूल सहयोग समिति गठन गरिएको छ । समितिमा रहेका प्रत्यक सदस्यहरुसंग प्रति ब्याक्ति १० हजारका दरले रकम उठाउने हो भनेपनि ५ करोड १० हजार रकम संकलन हुन आउने छ । जुन रकम तत्कालै र सामान्य सुचनाका आधारमै संकलन हुने रकम पनि हो  । यसरी रकम संकलन गर्ने हो भने तत्कालै डिपिआर आउन सक्ने सम्भावना  देखिन्छ । पत्रकारहरुले छलफलमा यहि सुझाव धुर्मुसलाई दिएका थिए ।

छलफलमा उहाले सबै पत्रकारले सकारात्मक तवरबाट कलम चलाएर आर्थीक संकलनको अभियानलाई अभियानकै रुपमा स्थापित गरिदिन सहयोग गर्न आग्रह गर्नु भएको थियो । यो महान कार्यलाई अगाढी बढाउन चितवनबाटै उर्जा आवस्यक रहेको र त्यसका लागी चितवन बासिनै तात्नु पर्ने उहाको भनाई छ । मंगलबारबाटै काम सुरु गर्ने गरि आफुहरु चितवन आएको र अव फिल्डमा दुवो ब्यवस्थापन, र माटो मिलाउने काम अगाढी बढाउने उहा बताउनु हुन्छ । धुर्मुस सुन्तली सहित आएको टिमले सोमबार विहान भरतपुरमा रंगशाला निर्माण सहयोग समिति चितवन संग पनि संयुत्त बैठक समेत गरिसको छ । संयुक्त बैठकले मंगलबार देखि  रंगशाला निर्माणको काम सुरु गर्ने निर्णय गरेको चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो ।  स्थानीयको एक समूहले जेठ १५ गते डोजर लगाएर रंगशालाको बार भत्काएको र कामदारलाई धम्की आएको भन्दै धुर्मुस सुन्तली फाउन्डेसनले काम रोकेको थियो । त्यसपछि स्थानीयसँग सहमति भई भत्काइएको बार पनि स्थानीयकै प्रयासमा उठाइएको छ दुई महिनाको अवधिमा भएका पटक–पटकका छलफल र संवादपछि धुर्मुस सुन्तली फाउण्डेशन रंगशाला निर्माणका लागि तयार भएको हो ।

रंगशाला निर्माणको काम र सहयोग संकलनको कामलाई एकसाथ अघि बढाउने बैठकले निर्णय गरेको बैठकमा सहभागि राजनितिक दलका नेताहरुले  बताएका छन् ।  ‘रंगशालाको डिपिआर छिटो टुङग्याउन सहयोग समितिका तर्फबाट आग्रह भएको बताईएको छ ।

रंगशाला निर्माणका लागि जिल्लामा आवश्यक सुरक्षा र वातावरण तयार गर्न स्थानिय प्रशासन तयार रहेको बैठकमा प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताउनु भयो । जिल्ला स्तरीय सर्वपक्षीय समितिले रंगशाला निर्माणका लागि रकम जुटाउने, अन्य सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको र काममा फर्कन आह्वान गरेकाले आफूहरु रंगशाला निर्माणका लागि फर्किएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस