नेकपा सचिवालय बैठकले टुंगो लगायो जिल्लाका इन्चार्ज र सह–इन्चार्ज (सूचीसहित)

सफल खबर संवाददाता

आइतबार, ०५ साउन २०७६, १६ : ०२
नेकपा सचिवालय बैठकले टुंगो लगायो जिल्लाका इन्चार्ज र सह–इन्चार्ज (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले ७७ वटै जिल्ला र जिल्ला कार्यसमितिकै हैसियतमा रहने ६ वटा महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जको टुंगो लगाएको छ । 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार टुंगोमा पुगेको इन्चार्ज र सह–इन्चार्जको नामावली आइतबार साँझसम्म पार्टी कार्यालयले सार्वजनिक गर्नेछ । पूर्वसहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । 

तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् । 

तत्कालीन एमाले र माओवादी केन्द्रका तत्कालीन इञ्चार्जहरूले नै इञ्चार्ज र सह–इञ्चार्जको जिम्मेवारी पाएका छन् । 

बैठकले विभागको नेतृत्व टुंगाउने भनेपनि स्कुल विभागको नेतृत्व कसले लिने भन्नेकुरामा सहमति नजुटेपछि मंगलबार पुनः छलफलमा बसेर टुंगोमा पुगिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस