Safal Khabar - म जेल जान तयार छु : प्रियङ्का गान्धी
आइतबार, ०८ भदौ २०७६ (Sunday, 25 August, 2019)
म जेल जान तयार छु : प्रियङ्का गान्धी
शनिबार, ०४ साउन २०७६, १६ : ३७
म जेल जान तयार छु : प्रियङ्का गान्धी

मिर्जापुर, भारत । भारतीय राष्ट्रिय काँग्रेसकी महासचिव प्रियङ्का गान्धी वाड्राले आफू जेल जान तयार रहेको बताउनु भएको छ ।  
गत जुलाई १७ तारिखका दिन सोनभद्रामा भएको गोलीकाण्डमा मारिएकाहरुका आफन्तलाई भेटेपछि उहाँले यस्तो बताउनु भएको हो ।
“पीडितका आफन्तलाई भेट्दा मलाई सरकारले जेल हाल्छ भने म जेल जान तयार छु,” उहाँले ट्विटरमा लेख्नु भएको छ । उहाँले जमानत कुनै हालतमा पनि नतिर्ने अठोट पनि गर्नुभएको छ । 
आफूले हिंसा नचाहेको र उनीहरुलाई आफूले जसरी पनि भेट्ने प्रियङ्काको भनाई छ ।  (रासस-एएनआई) 
 

प्रतिक्रिया दिनुहोस