सरकारी निकायको ढिलासुस्तिका कारण दोस्रो किस्ता पाएनन् भूकम्प पिडितले

आइतबार, १४ माघ २०७४, २० : ०८
सरकारी निकायको ढिलासुस्तिका कारण दोस्रो किस्ता पाएनन् भूकम्प पिडितले

चितवन । सरकारी निकायको ढिला सुस्तिाका कारण भूकम्प प्रभाबितहरुले दोस्रो किस्ता पाउन सकेका छन् । जिल्लामा रहेका ७ हजार ३ सय ३५ घर प्रभाबित मध्ये दोस्रो किस्ताका लागि निबेदन दिएका करिब १ सय ९१ घर परिवारले निबेदन दिएका थिए । उनिहरुको निबेदन शहरी बिकास तथा भब निर्माण डिभिजन कार्यालय चितवनमा आएर थन्किएको छ ।

कागजपत्र कार्यालयमा थन्किनु र लाभग्राहरीले लाभ लिन नपाउनु दुखद रहेको छ । भूकम्प प्रभाबितहरु मध्ये ५ हजार ३ सय २३ जनाले पहिलो किस्ताका लागि सम्झौता गरिसकेका छन । ती मध्ये पनि १३ जनाले अन्तिम किस्ताकालागि समेत निबेदन दिएको पपुननिर्माण प्राधिकरण जिल्ला स्तरीय कार्यन्वयन ईकाई समितिले जनाएको छ । दोस्रो किस्ताका लागि स्थानिय स्तरबाट ईन्जिनियहरुले फाएल बनाएर पठाए पनि डिभिजन कार्यालयबाट काम छिटो नहुदाँ लाबग्राहि मर्कामा परेका हुन । दोस्रो किस्ता लिनका लागि ईकाईमा सर्बसाधारण आउने गरेको कार्यालय प्रमुख  राजेन्द्र कार्कीले जानकारी दिनु भयो ।

डिभिजन कार्यालयबाट कामलाई प्रथामिकतामा राख्न नसक्दा यस्तो समस्या आएको र कामको प्रगति देखाउन नसकिएको उहाँले बताउनु भयो ।अहिले सम्म कार्यालयमा दोस्रो किस्ताका लागि मात्रै १ सय ७८ जनाले निबेदन दिएका थिए । तर प्रकृया पुगेर आएका फायलहरु रोकिए पछि सर्बसाधारणले सास्ति पाएका छन् । निबेदन पर्नेमा ईच्छाकामना गाउँपालिकाबाट १ सय ३३ जना, रत्ननगर नगरपालिकाबाट ३५ जनाले दोस्रो किस्ता र ७ जनाले तेस्रो किस्ताका लागि निबेदन दिएका थिए । यस्तै कालिका नगरपालिकाबाट १ जना, खैरहनी नगरपालिकाबाट दोस्रो किस्ताका लागि ६ जना, तेस्रो किस्ताका लागि ३ जना र भरतपुर महानगरपालिकाबाट ६ जनाले दोस्रो किस्ता र ३ जनाले तेस्रो किस्ताका लागि निबेदन दिएका थिए ।

शहरी बिकास तथा भब निर्माण डिभिजन कार्यालय चितवनका प्रमुख ईन्जिनियर झपट बहादुर थापाले कार्यालयको कामका शिलशिलाले नसकिएको बताउनु भयो । स्थलगत अबलोकन गरेर आँफुले सिफारीस गर्नु पर्ने बताउँदै उहाँले स्थलगत निरिक्षणको काम भईरहेको बताउनु भयो । आफ्नो कार्यालयको काम संगै यो जिम्मेवारी पनि थपिएकाले केहि समय प्रकृया पुर्याउनका लागि लागेको उहाँले बताउनु भयो । आँफुले अहिले स्थलगत निरिक्षणको काम गरिरहेको र निरिक्षणका क्रममा कतिपय घरहरु भूकम्प पतिरोधात्मक बिधि अनुसार नबनाईएको पाईएकाले एक दुई दिनमा सबै फाईल पठाईदिने उहाँले बताउनु भयो ।

२०७२ साल बैशाख १२ गते गएको भूकम्पका कारण जिल्लामा आंशिक क्षती भएका ५ सय ९३ घर परिवार मध्य ३ सय ५९ घरपरिवारले पहिलो किस्ताका लागि सम्झौता गरि काम गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस