सपिङ महलभित्र भाडामा पाइन्छन् गर्लफ्रेण्ड

एजेन्सी

विहीबार, ०२ साउन २०७६, १४ : ४४
सपिङ  महलभित्र भाडामा पाइन्छन् गर्लफ्रेण्ड

एजेन्सी । सपिङ  महलमा भाडामा युवती त्यो पनि २२ रुपियाँमा २० मिनेट । यो अचम्म लाग्दो अफरले अहिले  महलमा युवा ग्राहकको संख्या बढेको मिडिया रिपोर्टहरूमा उल्लेख छ ।

११ फिलिपिनो पिसोमा पाइने ती युवतीहहरूसँग मज्जाले समय बिताउन सकिने जनाइएको छ । तर छुन पाइँदैन । उक्त सपिङ्ग  महलको यो अफरपछि त्यहाँ युवाहरूको निकै भिड लाग्न थालेको बिभिन्न अन्र्तराष्ट्रिय मिडियाहरूले खबर लेखेका छन् ।

दक्षिणी चीनको हुआन सहरमा रहेको वाइटैलिटी सिटी सपिङ्ग  महलमा यो अफर शुरु गरिएको हो । त्यहाँ १५ सुन्दर युवतीहरू भाडामा राखिएको छ । यस  महलमा प्रवेश गर्ने बित्तिकै ग्राहकका लागि युवतीहरू लाइनमा उभिएका हुन्छन् । उनीहरू मध्यबाट ग्राहकले आफूलाई मनपरेकी युवतीसँग समय बिताउँन सक्छन् ।

यो अवधिमा सपिङ्ग, डिनर, कफी, गफगाफ गर्न सकिन्छ तर ती युवतीसँग रासलिलाको सोचचाहिँ नराखेको राम्रो । त्यसमा निषेध गरिएको छ । - एजेन्सी

प्रतिक्रिया दिनुहोस