समाजसेवी लक्ष्मी शर्मा अमेरिकामा सम्मानित, सि एन एन हिरोको लागि प्रस्ताव

विहीबार, ०२ साउन २०७६, ०८ : ५८
समाजसेवी लक्ष्मी शर्मा अमेरिकामा सम्मानित, सि एन एन हिरोको लागि प्रस्ताव

– सागर श्रेष्ठ
सान फ्रान्सिस्को । नेपाल कि प्रथम टेम्पो चालिका, सफल महिला उद्धमी तथा सुप्रसिद्ध समाजसेवी लक्ष्मी शर्मा बुधवार क्यालिफोर्निया अमेरिकाको रिच्मन्ड शहरमा सम्मानित हुनु भएको छ। सो अवसरमा अधिकांश सहभागीहरुले उहाँलाई सि एन एन हिरो बनाउने तर्फ पहल गर्नुपर्ने धारणा राखेका छन। नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघले उहाँको उदाहारणिय प्रगती, योगदान तथा सेवकको लागि संयुक्त रुपमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गरेको हो। थुप्रै राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड, पुरस्कार र सम्मान प्राप्त शर्माको यो पहिलो लाइफटाइम अचिभमेन्ट अवार्ड भएको बताइन्छ।

करिव ३० हजारको हाराहारिमा नेपाली जनसँख्या भएको अनुमान गरिएको उत्तर क्यालिफोर्नियामा लगभग सम्पूर्णको प्रतिनिधित्व भएको एक स्तरिय तथा सभ्य समारोहका बिच सम्मानित शर्माले आफ्नो संघर्षमय जीवनको गाथा सुनाउँदा उपस्थित सबै जना भाव विव्हल  भएका थिए। आयोजक संस्थाहरु नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिका नेपाली महासंघ का अध्यक्ष मणी नेपाली पनेरु तथा उतम कुमार कार्की को संयुक्त सभापतित्वमा सम्पन्न सो समारोहमा आयोजकहरुको  तर्फबाट नेपाली असोसियसन अफ नर्दर्न क्यालिफोर्निया कि निवर्तमान उपाधक्ष्य, लायन्स क्लब अफ बर्क्ली अन्नपूर्णकी पूर्व अध्यक्ष हेमा पनेरुले स्वागत मन्तव्य दिनु भएको थियो।

आयोजक संस्थाले उहाँलाई सम्मान गर्न पर्ने कारण पुष्टी गर्दै भनेको छ –“लक्ष्मी शर्मा आज एक दन्त्य कथाकी पात्रझैँ हुनु भएको छ आज हामी सबैका लागि, प्रेरणाकी  एक अजश्र श्रोत बन्नु भएको  छ। कर्म गर फलको आशा नगर भने झैँ उहाँले जीवनमा धेरै बिघ्न बाधाको बाबुजूदसंघर्ष गरी नै रहनु भयो र आज उहाँ एक नारी सवलिकरणकी प्रतिक बन्नु भएको छ। उहाँ म यो बन्छु भन्ने  योजना राख्नु भएन तर आफूले रोपेका कर्म रुपी विरुवाहरुमा मलजल गर्दै रहनु भयो, स्याहार सुसारगर्दै रहनु भयो र आज ती विरुवाहरु बिशाल रुखहरु बनेका छन जसले हजारौँ लाई  छाहारि दिएको छ बास दिएको छ जीवनको अर्थ दिएको छ। यसरी लक्ष्मी शर्मा एक आफैमा सफलताको कथा मात्र होइन, लाखौं संघर्षशील महिला पुरुषहरुको लागि मार्गदर्शक र प्रेरणा हुन सफल हुनु भएको छ ।  विश्वभरका नेपालीहरुलाई बिबिध क्षेत्रमा सक्दो सहयोग पुर्याईरहेको नेपाल विश्व सहयोग संघ तथा पश्चिम अमेरिकाको १३ राज्यहरुको प्रतिनिधित्व गर्ने पश्चिम अमेरिका नेपाली महासंघले संयुक्त रुपमा आज जुलाई १५, २०१९ मा महिला उद्धमी तथा सुप्रसिद्ध समाजसेवी लक्ष्मी शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड सहर्ष तथा सगौरव प्रदान गर्दछ”।

सो अवसरमा आयोजक संस्थाका अधक्षद्धय मणी नेपाली पनेरु तथा उतम कार्किले संयुक्त रुपमा  लक्ष्मी शर्मालाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित गर्नु भएको थियो। तत्पश्चात बिभिन्न संघ संस्थाका अध्यक्षहरु तथा प्रतिनिधिहरुले उहाँलाई खादा लगाएर सम्मानित गरेका थिए। सो अवसरमा नेपाली एसोसियसन अफ नर्दर्न क्यालिफोर्नियाका अध्यक्ष इश्वर सिटौला, नेपाली कम्युनिटी सेन्टरका अध्यक्ष यज्ञलाल श्रेष्ठ, एन आर एन एन सि सि यु ईशा ए का उपाधक्ष्य सर्वज्ञ वाग्ले, सोही संस्था का क्यालिफोर्निया च्याप्टर अध्यक्ष सुरेन्द्र मल्ल, लायन्स इन्टरनेशनल डिस्ट्रिकका पूर्व गभर्नर राजन थापा, वुद्ध नेपाल पिस फाउन्डेसनका अध्यक्ष चाइनाकाजी श्रेष्ठ, कृयाटिभ नेपाल युथ अर्ग नाइजेसनका अध्यक्ष शसी प्रसाई, लाअञ्स क्लब अफ बर्क्ली अन्नपूर्णका अध्यक्ष गोविन्द शाही, लायन्स क्लब अफ बर्क्ली मकालुकी संस्थापक अध्यक्ष मन्हरा थापा बोगटी, लायन्स क्लब अफ शान्ता रोजा काष्ठमन्डप का अध्यक्ष नारायण सोम्नामे, बिकल्प फाउन्डेसन तथा लायन्स क्लब अफ बर्क्ली लाली गुराँस का संस्थापक अध्यक्ष निर्मल फुँयाल ले सम्मानित व्यक्तित्वलाई खाता लगायर सम्मान गर्नु भएको थियो।

त्यसैगरी तामाङको अपरेशन सोसाइटीका पूर्व अध्यक्ष कुमार डोङ, जनसंँँम्पर्क समिती अमेरिका उत्तर क्यालिफोर्निया च्याप्टरकी उपसभापति लक्ष्मी केसी कार्की,  नेवा अर्गनाइजेसनका उपाधक्ष्य देवेन्द्र मास्के, एन डब्लु जि एन क्यालिफोर्निया च्याप्टरकी महासचिव लक्ष्मी खरेल, एन ए एन सि का पूर्व कोषाधक्ष नारायण पोखरेल, समाजसेवी कृष्ण राज गिरी लगायत उल्लेख्य  सँख्यामा उपस्थित सामाजिक अगुवाहरुले उहाँलाई खादा ओडाइदिएर सम्मान गरेका थिए।  

लक्ष्मी शर्माले आपत बिपद्मा परेका, अपाङ्ग तथा पिछिडिएका ४,००० भन्दा  बढी महिला तथा पुरुषहरुलाई उनिहरुको शिक्षा दिक्षा पालन पोषण तथा स्वास्थ्यमा  प्रत्यक्ष सहयोग पुर्‍याउनु भएको छ र आज उनिहरु सबैले नयाँ जीवन पाएका छन। शर्मा बहुमुखी प्रतिभाकी धनी हुनुहुन्छ, उहाँ गीतकार, कलाकार, तथा  गायिका पनि हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस