लोक सेवा आयोगले विज्ञापन खारेज गर्नुको विकल्प छैन् : डा. बाबुराम भट्टराई

सरकारी बलमिच्याइँको सडक र सदनबाट सशक्त प्रतिरोध गरौं

सफल खबर संवाददाता

बुधबार, ०१ साउन २०७६, १३ : १४
लोक सेवा आयोगले विज्ञापन खारेज गर्नुको विकल्प छैन् : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं समाजवादी नेपाल पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोक सेवा आयोगले आह्वान गरेको विज्ञापन खारेज गर्नुको विकल्प नभएको बताएका छन् । विधानप्रदत्त समावेसीताको मर्म विपरित लोकसेवा आयोगले स्थानीय कर्मचारीका लागि विज्ञापन गरेको डा. भट्टराइको भनाइ छ ।  

स्थानीय तहमा कर्मचारी भर्ना गर्न लोक सेवा आयोगले विज्ञापन आह्वान गरेपछि चौतर्फी विरोध भइरहेको बेला पूर्वप्रधानमन्त्री भट्टराइले एक ट्विट गर्दै यस्तो बताएका हुन् ।

उनले ट्विटमा लेखेका छन्, संविधानप्रदत्त समावेसीताको मर्म विपरित लोकसेवा आयोगले गरेको स्थानीय कर्मचारी भर्ना विज्ञापन खारेज गर्नुको विकल्प छैन ! कि त यो काम प्रदेश लोसेआलाई दिनुपर्छ कि प्रदेशलाई इकाइ मानेर समावेसिताको आधारमा नयाँ विज्ञापन गर्नुपर्छ !यस्तो २/३ सरकारी बलमिच्याइँको सडक/सदनबाट सशक्त प्रतिरोध गरौं !

 

संविधानप्रदत्त समावेसीताको मर्म विपरित लोकसेवा आयोगले गरेको स्थानीय कर्मचारी भर्ना विज्ञापन खारेज गर्नुको विकल्प छैन!कि त यो काम प्रदेश लोसेआलाई दिनुपर्छ कि प्रदेशलाई इकाइ मानेर समावेसिताको आधारमा नयाँ विज्ञापन गर्नुपर्छ!यस्तो२/३सरकारी बलमिच्याइँको सडक/सदनबाट सशक्त प्रतिरोध गरौं! https://t.co/4NSMWwXu8A — Baburam Bhattarai (@brb1954) July 17, 2019

प्रतिक्रिया दिनुहोस