अफिस कक्षलाई नै जाड भट्टि बनाउदै बिद्यालयका प्रअ, आधा रातमा स्थानिय द्धारा रंगेहात नियन्त्रण (भिडियो सहित)

प्रकाश सिग्देल

बुधबार, ०१ साउन २०७६, १० : १६
अफिस कक्षलाई नै जाड भट्टि बनाउदै बिद्यालयका प्रअ, आधा रातमा स्थानिय द्धारा रंगेहात नियन्त्रण (भिडियो सहित)

चितवन । पुर्वी चितवन रत्ननगर–९ को  कपरखोरी माध्यमिक बिद्यालयका प्राचार्य सहित ५ जना शिक्षक स्कुलमै मदिरा सेवन गरेको भेटिएपछि स्थानियले नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका छन् । प्रअ बिष्णु कंटेल, सहायक प्रअ कृष्ण बिलास ढुङ्गाना, लेखा अधिकृत बालकृष्ण पौडेल, ब्यवस्थापन  समितिका पदाधीकारी बलराम बगाले लाई समातेर प्रहरीलाई बुझाएको स्थानियहरुले बताएका छन् । उनिहरुले राति अफिस कोठामा रक्सी र मासु खाएर हल्ला गर्दै गर्दा आफुहरुले देखेर प्रहरीलाई बुझाएको स्थानिय युवाले बताए । 

अहिले पनि अफिस कोठामा रक्सीका बोतल र छरिएको अवस्थामा रहेको स्थानियहरुले बताए । उनिहरुलाई ईलाका प्रहरी कार्यालय रत्ननगरमा राखिएको बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस