चिप्लेकिराको कारण रेल सेवा ठप्प

मंगलबार, ३१ असार २०७६, २१ : ०१
चिप्लेकिराको कारण रेल सेवा ठप्प

प्रतिकात्मक फोटो

काठमाडौं ।  गत मे ३० मा जापानमा बिजुली कटौतीका कारण रेल सेवा ठप्प भएको थियो। हालसालै रेलवे कम्पनी क्युसु रेलवेले त्यसको कारण सार्वजनिक गरेको छ। कम्पनीका प्रवक्ताले ‘द जापान टाइम्स’ नामक पत्रिकालाई बताएअनुसार त्यो दिन रेल सेवा एउटा मृत चिप्लेकिराको कारण ठप्प भएको थियो। 

चिप्लेकिराको कारण बिजुली कटौती भएको थियो। जसको असर रेल सेवामा परेको थियो। करिब १२ हजार यात्रु मर्कामा परेका थिए। 

एउटा यन्त्रमा चिप्लेकिरा फसेको कारण बिजुली कटौती भएको थियो। यसले ‘सर्ट सर्किट’ गराएको थियो। 

कम्पनीले त्यो दिन २६ वटा रेल यात्रा रद्द गर्नुपरेको थियो भने थुप्रै रेल यात्रामा विलम्ब भएको थियो। कम्पनीका प्रवक्ताले यो घटनालाई दुर्लभ भनेका छन्। ‘बेलाबखत मृगलगायत जनावरका कारण रेल सेवामा समस्या आउने गरेको थियो,’ नाम नखुलाइएका प्रवक्ताले भनेका छन्, ‘तर, चिप्लेकिराको कारण यस्तो अवरोध भएको घटना आफैँमा नौलो छ।’ सम्पूर्ण बाट 

प्रतिक्रिया दिनुहोस