सरकारले पत्रचार गरे विप्लव समूहले वार्ता टोली बनाउने

सफल खबर संवाददाता

सोमबार, ३० असार २०७६, १२ : ४२
सरकारले पत्रचार गरे विप्लव समूहले वार्ता टोली बनाउने

काठमाडौं । सरकारले भित्रभित्रै विप्लवसँग वार्ताको तयारी गरेको छ । सकारकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहसँग वार्ताको तयारी गरेको हो। प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिस्ट पार्टी नेकपा का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी भित्रभित्रै विप्लवसँग वार्ता तयारी गरेको हुन् । विल्लवलाई वार्तामार्फत राजनीतिको मूलधारमा ल्याउने तयारी गरेका हुन्।

प्रधानमन्त्री ओलीले नेकपाका महासचिव विष्णुप्रसाद पौडेल र तत्कालीन वार्ता समितिका संयोजक सोमप्रसाद पाण्डेलाई दिएका छन् । पार्टीका अध्यक्ष दाहालले पूर्वगृहमन्त्री एवं पार्टीका स्थायी कमिटी सदस्य जनार्दन शर्मालाई वार्ताको जिम्मा दिएका स्रोतको भनाइ छ । 

विप्लव समूहले वार्ता टोलीसँग प्रतिबन्ध फुकुवा, पक्राउ परेका कार्यकर्ताको निसर्त रिहाइ, हत्या, दमन, धरपकड रोकेर सरकारले राजनीतिक इमानदारी देखाए वार्तालाई अघि बढाउन सक्ने प्रतिक्रिया दिएका छन् ।  वार्ता प्राविधिक समाधानतिर भन्दा राजनीतिक समाधानतिर हुनुपर्छ भन्नेमा विप्लव समूह रहेको स्रोतको दावी छ । पछिल्लोपटक पूर्वगृहमन्त्री जनार्दन शर्माले विप्लव समूहनिकटका केही सञ्चारकर्मी र बुद्धिजीवीसँग छलफल गरेका थिए। तर खासै उपलब्धि हासिल भएको छैन । 

नेकपा महासचिव विष्णु पौडेल नख्खु कारागारमा रहेका हेमन्तप्रकाश ओलीलाई भेटन् पुगेका थिए। उनीहरुबीचको कुराकानीमा हेमन्तले तीत सर्तको अभिव्यक्ति दोहो¥याएपछि पौडेल फर्केका स्रोत बताउँछ । ‘हामीले अधिकतम प्रयास गरिरहेका छौं, भेटघाट भइराखेको छ’ भित्रभित्रै वार्ताको कोसिस गरिरहेको पुष्टि गर्दै सांसद पाण्डेले भने, ‘केही समय कुर्नुस् परिणाम राम्रो आउला भन्ने हामीलाई पनि लागेको छ ।’

सरकारले पत्राचार गर्ने हो भने विप्लव समूहले एक साताभित्र वार्ता टोली बनाउने संकेत देखिएको छ । सरकारले प्रतिबन्ध फुकुवा गर्ने तर्फ सोच पनि बनाएको छैन, वार्ताप्रति सरकार जिम्मेवार भएको देखिदैन ।  त्यसकारण हतार गरेर विप्लव समूह वार्तामा बसिहाल्ने अवस्था पनि छैन ।

पक्राउ परेका नेता कार्यकर्ता रिहा र प्रतिबन्ध फुकाउनुपर्ने सो विप्लव समूहको पहिलो माग छ। विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच भिडन्त हुन थालेपछि दबै वार्ताप्रति सकारात्मक देखिएक छन् । 

यसअघि सरकारले गत भदौमा संघीय संसद्का सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो। तर सो टोलीले विप्लव समूहका केही बुद्धिजीवीसँग अनौपचारिक छलफल गरे पनि वार्ता भने गर्न सकेको थिएन। पाण्डे संयोजकत्वमा रहेको वार्ता समितिलाई सरकारले गत माघमै भंग गरेको थियो। 

प्रतिक्रिया दिनुहोस