नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन आग्रह

आइतबार, २९ असार २०७६, १४ : १९
नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन आग्रह

फाइल फोटो

नेपालगञ्ज । बाँकेको राप्ती नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बसिरहन स्थानीय प्रशासनले आग्रह गरेको छ । 

नदीमा जलस्तर अहिले धेरै घटे पनि भारी वर्षाको सम्भावना अभैm रहेकाले सुरक्षितस्थानमै रहन आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो । 

उहाँका अनुसार, सम्भावित बाढी र डुबानको अवस्थामा नागरिकको उद्धार, आवश्यक उपकरणको व्यवस्था, नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरीलाई पनि तयारी अवस्थामा राखिएको छ । नदीमा जल प्रवाहकोस्तर खतराको चिन्ह भन्दामाथि आएमा सायरन बजाउने व्यवस्था पनि मिलाएको प्रजिअ भुजेले बताउनुभयो । 

बाँकेका झण्डै २४ हजार नदीय तटिय क्षेत्रका बासिन्दा प्रत्येक वर्ष बाढीको जोखिममापर्ने गरेका छन् । बाँकेको नेपाल—भारत सीमा क्षेत्र नजिक भारतले अन्तर्राष्ट्रिय नियम विपरीत लक्ष्मणपुर बाँध र तटबन्ध बनाएपछि नदी तटिय क्षेत्रका बासिन्दा बाढी र डुबानको जोखिम मोल्न बाध्य भएका हुन् । 

तटबन्ध र बाँधका कारण जिल्लाको होलिया, बेतहनी, फत्तेपुर, टेपरी, घोडियनपुर गाउँका झण्डै पाँच हजार घरधुरीका घरखेत डुबानमा पर्ने गरेका छन् । गत वर्षको बाढी र डुबानमा परी बाँकेमा ८ जनाको मृत्यु भएको थियो भने ठूलो जनधनको क्षति भएको जिल्ला विपद् व्यवस्थापन समितिको तथ्याङ्कमा उल्लेख छ ।   (रासस)

प्रतिक्रिया दिनुहोस