त्रिशुलीमा ट्रक दुर्घटना अपडेट : सहचालकको शव फेला

शनिबार, २८ असार २०७६, ०८ : ०८
त्रिशुलीमा ट्रक दुर्घटना अपडेट : सहचालकको शव फेला

फाइल फोटो

चितवन । दाना बोकेर भैरहवाबाट काठमाण्डौतर्फ गईरहेकोे ट्रक त्रिशुली नदीमा ट्रक खस्दा एक जनाको मृत्यु भएको छ  । अर्का एक जना घाईते भएका छन । 
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार दाङ घोराहिका २५ वर्षीय अनिल गुरुङको मृत्यु भएको हो । बेपत्ता ट्रकका सहचालक उनको आज विहान शव फेला परेको  प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक एक नारायण कोईरालाले जानकारी दिए । 
पृथ्वी राजमार्ग अन्तर्गत चितवनको ईच्छाकामना गाँउपालिका ५ मुग्लिन बजार नजिकै ना ४ ख १७९६ नम्बरको ट्रक माथीबाट खसेको ढुंगाले लाग्दा त्रिशुलीमा खसेको हो । 
गए राति २ः ५५ बजेको समयमा ढुंगाले लाग्दा ट्रक सडकबाट करिब ८० मिटर तल नदिमा खसेको प्रहरीले जनाएको छ । ट्रकका चालक ललितपुरका ४६ वर्षीय माधव थापा मगर घाईते भएका छन । उनको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ । 
घट्नास्थल मुग्लीनबाट १ किलोमिटर उत्तरतर्फ रहेको छ । ट्रक पुरै पानीमा डुबेको अवस्थामा रहेको प्रहरीले जनाएको छ । 
 

प्रतिक्रिया दिनुहोस