५० किलो चरेशसहित दुई यूवा पक्राउ

आइतबार, १४ माघ २०७४, ११ : ५७
५० किलो चरेशसहित दुई  यूवा पक्राउ

रोल्पा ।  माडीगाउँपालिका २ घर्तीगाउँबाट आज बिहान प्रहरीले ठूलो मात्रामा चरेशसहित दुई जनालाई पक्राउ गरेको छ । क्षेत्रीय प्रहरी ब्यूरो टोलीका प्रहरी निरीक्षक अरुणकुमार सिंह, जिल्ला प्रहरी कार्यालय रोल्पाको सादा पोशाकका प्रहरी र इलाका प्रहरी कार्यालय घर्तीगाउँको प्रहरी टोलीले संयुक्त रुपमा लागुऔषध बरामद गरेको बताइएको छ । चरेश भेटिएको ठाउँ इलाका प्रहरी कार्यालय घर्तीगाउँदेखि १० मिनेटको दूरीमा छ ।

थवाङ गाउँपालिका– ३ मिरुलका २२ वर्षीय शेरबहादुर बुढा र २२ वर्षीय प्रश्न बुढा मगरले शंकास्पद काम गरेको आशंकामा आज बिहान ३ः३० बजे छापा मार्दा लुकाइराखिएको ५० किलो चरेश बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुदर्शन पन्थीले जानकारी दिए ।(रासस)

प्रतिक्रिया दिनुहोस