बाह्रौं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता हुने

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, २० : ५९
बाह्रौं दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता हुने

काठमाडौं । नेपाल शारीरिक सुगठन तथा फिटनेस संघको तत्वावधानमा दक्षिण एशियाली शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा बाह्रौ दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगिता काठमाडौं नेपालमा आयोजना गर्दैछ । यस प्रतियोगिता हरेक वर्ष हुने गर्दछ र नेपालले तेस्रो पटक आयोजना गर्न लागेको हो । प्रतियोगिताको तयारी लगभग पुरा भईसकेको छ । 
नेपाल भ्रमण वर्ष २०२० लाई समेत सहयोगी सिद्ध हुने गरि यसको आयोजना गरिएको हो । यस बाह्रौ दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगिता प्रज्ञा भवन, कमलादीमा भव्य रुपले अन्र्तराष्ट्रिय मापदण्ड अनुसार हुन गैरहेको छ । सम्पूर्ण दक्षिण एशियाली मुलुकहरुबाट खेलाडी, निर्णायक र अफिसियल गरी १३० जनाको सहभागिता हुने निश्चत भइसकेको छ । खेललाई निष्पक्ष रुपमा संचालन गर्न थाइलैण्ड शारीरिक सुगठन संघबाट चार जना विश्वस्तरीय निर्णायकहरु समेत सहभागी हुने नेपाल शारीरिक सुगठनको तथा फिटनेस संघका अध्यक्ष राजेश बाबु श्रेष्ठले जानकारी दिए ।

नेपालबाट यस बाह्रौ दक्षिण एशियाली शारिरीक सुगठन प्रतियोगितामा शारीरिक सुगठन प्रतियोगिता, जुनियर शारीरिक सुगठन प्रतियोगिता एवं यस विधा अन्र्तगत पुरुष फिटनेस फिजिक्स, पुरुष एथलेटिक्स फिजिक्स, पुरुष स्पोर्टस् फिजिक्स, महिला एथलेटिक्स फिजिक्स तथा महिला मोडल फिजिक्स गरी जम्मा १८ विधामा २३ खेलाडीहरु र ५ अफिसियल गरी २८ जनाको सहभागिता रहनेछ । 

यस खेलको लागि अनुमानित बजेट करीब रु. १ करोड ३६ लाख रहेको छ । यसको मुख्य स्रोत विभिन्न व्यापारिक प्रतिस्थान तथा संघ संस्थाहरुबाट प्रायोजन तथा खेलाडीहरुको रजिष्ट्रेशन शुल्क रहने छ भने नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालयबाट वार्षिक बजेट तथा कार्यक्रम मार्फत नै खेल शिर्षक अन्तर्गत रु १० लाख रकम विनियोजन समेत गरिएको छ । नेपाल सरकारबाट यस्तो महत्वपर्ण अन्तराष्ट्रिय प्रतियोगितामा सरकारको सहभागिता जनाई खेल तथा खेलाडीहरुलाई प्रोत्साहन गरिदिएकोमा यस संघ नेपाल सरकार प्रति हार्दिक आभार प्रकट गर्दछ । 

२०३५ सालमा स्थापना भएको नेपाल शारीरिक सुगठन तथा फिटनेस संघ राष्ट्रिय खेलकुद परिषदको एक अभिन्न अगं हो र यस संघ शारीरिक सुगठन खेलको विकास तर्फ विगत ४० वर्ष देखि अग्रसर छ । हाल ३६ जिल्लाका जिल्लासंघहरु मार्फत नेपालमा शारीरिक सुगठन खेलको विकासमा यस संघ क्रियाशिल रहेको छ । शारीरिक सुगठन खेल मार्फत यस संघले राष्ट्रिय तथा अन्तरष्ट्रिय स्तरमा समेत उल्लेख्य सफलता हासिल गरी देशको शिर उचा पार्न सफल रहेको छ । दक्षिण एशियाली, एशियाली तथा विश्व स्तरीय प्रतियोगिताहरुमा निरन्तर रुपमा सहभागी भई स्वर्ण, रजत र कास्य पदक हासिल गरी आएको छ भने राष्ट्रिय, जिल्ला र प्रदेश तथा क्षेत्रीय स्तरका खेलहरु निरन्तर रुपमा आयोजना गरी यस खेलको विकासमा सहयोग पु¥याउदै आएको छ । 

प्रतिक्रिया दिनुहोस