बाम गठबन्धनको कार्यादल बैठक बस्दै

आइतबार, १४ माघ २०७४, ११ : ५४
बाम गठबन्धनको कार्यादल बैठक बस्दै

प्रदेश सरकार गठनका विषयमा छलफल गर्न बाम गठवन्धनको कार्यदल बैठक आइतबार अपरान्ह बस्दैछ । आजको बैठकमा ६ वटा मुख्यमन्त्रीको टुङगोे लगाउने नेताहरुको तयारी छ । अहिलेसम्म एमाले माओवादीबीच मुख्यमन्त्री र सभामुख पदको भागबण्डा मिलिसकेको छैन ।

सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यलयमा दिउँसो ३ वजे बस्ने बैठकमा प्रदेश सरकार गठन र पार्टी एकता प्रक्रियाबारे छलफल हुने कार्यदलका सदस्य तथा एमाले नेता सुरेन्द्र पाण्डेले बताए ।
पाण्डेका अनुसार कार्यदलभित्र मुख्यमन्त्री पहिला टुङग्याउने गरी छलफल सुरु भएकाले सम्भवत आज उक्त विषयको टुङगो लाग्नेछ ।

प्रदेश २ बाहेकका प्रदेशमा स्पष्ट बहुमत पाएका बाम गठबन्धनले ती प्रदेशमा सरकार गठनको तयारीका लागि मुख्यमन्त्री, मन्त्रीका विषयमा भागबण्डा मिलाउने प्रयास गरेका हुन् ।
बाम गठबन्धनले सरकार बनाउने ६ वटा प्रदेशमा एक दलले मुख्य मन्त्री पाए अर्को दलले सभामुख पाउने गरि छलफल सुरु भएपनि सहमति हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस