सामथ्र्य फाउण्डेसनको रकम अध्यक्षले दुरुपयोग गरेको सामथ्र्य नेपालका कोषाध्यक्ष प्रकाश थापाको भनाइ

शुक्रबार, २७ असार २०७६, १७ : ४४
सामथ्र्य फाउण्डेसनको रकम अध्यक्षले दुरुपयोग गरेको सामथ्र्य नेपालका कोषाध्यक्ष प्रकाश थापाको भनाइ

चितवन । सामथ्र्य नेपालका अध्यक्ष अर्जुन भुषालले सामथ्र्य फाउण्डेसनको रकम दुरुपयोग गरेको सामथ्र्य नेपालका कोषाध्यक्ष प्रकाश थापाले बताउनु भएको छ । एक जिल्लाबाट २ जना अनाथ तथा बिपन्न बालबालिकालाई  पढाउने भनेर उठाएको पैसा डस्टविन किनेर खर्च गरेको भनेर अध्यक्ष भुषालले बिहिबारको बैठकबाट पास गराउन खोजेको र आफूले त्यसको विरोध गरी सिग्नेचर नगरेको थापाले बताउनुभयो । 

फाउण्डेसनमा धेरै रकम दाताहरुले बोलेपनि १ लाख ९० हजार रकम नगद उठेको र त्यो रकम डस्टविन किनेर खर्च गरेको भनेर बैठकबाट अनुमोदन गराएर आफू बच्ने काम अध्यक्ष भुषालले गर्न थालेको उहाँको भनाइ छ । जुन शिर्षकका लागि उठाएको हो त्यही शिर्षकमा पैसा खर्च गर्नुपर्ने आफनो पुरानो अडान कायमै रहेको उहाँ बताउनुहुन्छ । अध्यक्षको विषयमा धेरै विवाद आएपछि बिहिबारको बैठक उपाध्यक्ष आशिस बस्नेतको अध्यक्षतामा बसेको बताइएको छ । अहिले अध्यक्षले संस्थागत तवरबाट काम नगरेपछि सबै जसो पदाधीकारीहरु असन्तुष्ट छन् । कोषाध्यक्ष प्रकाश थापाले पनि छुट्टै अभियान थाल्नु भएको छ । अध्यक्षको विषयमा ती विवाद आएपछि वर्तमान सल्लाहकार र पुराना कार्यसमिति सदस्यहरु गरी करिव ४० जनाको सहभागितामा शनिबार बैठक बस्ने तयारीमा आफूहरु रहेको एक अभियान्ताले बताए । 

यता अध्यक्ष भुषालले भने आफूले फाउण्डेसनको रकम चितवन महोत्सव, गैंडाकोट महोत्सवमा स्टल राख्दा र डस्टविन खरीद गर्दा खर्च भएको बताउनु भएको छ ।  

प्रतिक्रिया दिनुहोस