नारायणगढमा ८२ जनाले गरे रक्तदान

सफल खबर संवाददाता

शुक्रबार, २७ असार २०७६, १६ : १९
नारायणगढमा ८२ जनाले गरे रक्तदान

चितवन । नारायणी मोटर्स, लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लायन्स क्लब अफ नारायणगढ नारायणी, एभरेष्ट बचत तथा रिन सहकारी सस्था लिमिटेड र ग्रेस ईन्टरनेसनल चितवनले नारायणगढको शहिद चोकमा सयुक्त रुपमा आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा २० जना महिलासहित ८२ जनाले रक्तदान गरेका छन् ।

हाल भईरहेको रगत अभावलाई मध्यनजर गर्दै गरिएको भए पनि रक्तदान कार्यक्रम नियमित तीन तीन महिनामा गरिँदै आएको आयोजक एभरेष्ट बचत तथा रिन सहकारी सँस्था लिमिटेडका अध्यक्ष बाल गोपाल चुकेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस