पाँचथरमा खोलाले बगाएर एक विद्यार्थी बेपत्ता

शुक्रबार, २७ असार २०७६, १४ : ३६
पाँचथरमा खोलाले बगाएर एक विद्यार्थी बेपत्ता

हिलिहाङ । खोला तर्ने क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ स्थित नुँवा खोलाले बगाएर आज बिहान एक विद्यार्थी बेपत्ता भएका छन् । बेपत्ता हुनेमा स्थानीय खेसेङखोपाका होलीचायल्डमा अध्ययनरत आठ वर्षीय जीवन राई छन् । 

अहिले प्रहरीचौकी रवि र स्थानीयवासीले उनको खोजी तीव्र पारेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक अनिल पौड्यालले बताउनुभयो । (रासस) 

प्रतिक्रिया दिनुहोस