जनकपुरमा दाहसंस्कार भइरहेका बेला भागे मलामीहरु, यस्तो छ घटना

शुक्रबार, २७ असार २०७६, १४ : ०६
जनकपुरमा दाहसंस्कार भइरहेका बेला भागे मलामीहरु, यस्तो छ घटना

सांकेतिक तस्विर

काठमाडौं । धनुषाको सबैला नगरपालिका १ का शत्रुधन यादवकी १४ वर्षीया छोरी पिंकी यादवको अन्तिम संस्कार भइरहँदा प्रहरीले बीचमै शव नियन्त्रणमा लिएको छ ।

पिंकी यादवले सोमबार मध्यरातमा आत्महत्या गरिन् । उनका परिवारले प्रहरीलाई खबर नगरी शव जलाउन खोजेपछि यस्तो घटना बाहिर आएको हो । 

यो घटना थाहा पाएपछि प्रहरीले चिताबाटै शव उठाएर पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पताल ल्याएको छ ।घरदेखि करिब २ किलोमिटर टाढा खेतमा लगेर बालिकाको दाहसंस्कार कार्य भइरहेको थियो । दागबत्ती दिइसकेपछि शव जल्न सुरु भएको अवस्थामा प्रहरी पुग्दा मलामीहरुको अचानक भगाभाग भयो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीका अनुसार प्रहरीले शवका साथै घटनास्थलबाट सातजना मलामीलाई पनि नियन्त्रणमा लिएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन । 
 

प्रतिक्रिया दिनुहोस