रामपुरमा पहिराका कारण बिरामीलाई अन्यत्र लैजान समस्या

शुक्रबार, २७ असार २०७६, १२ : ३०
रामपुरमा पहिराका कारण बिरामीलाई अन्यत्र लैजान समस्या

सांकेतिक तस्विर

रामपुर । लगातारको वर्षाले जनजीवन कष्टकर बनेको छ । पाल्पाको रामपुरदेखि विभिन्न क्षेत्रमा पुग्ने सडक कच्ची भएका कारण आवतजावतमा समस्या बनेको हो । रामपुरदेखि तानसेन, बुटवल, भिमाद, तनहुँ हँुदै कास्की पोखरा तथा नवलपुर हँुदै नारायणगढ तथा काठमाडौंँ जान आउन समस्या भएको छ । 

जताततै कच्ची मोटरबाटो छ । तत्काल पहिरो हटाउन पनि समस्या छ । यसबाट यात्रुले सास्ती व्यहोर्नुपरेको छ । निस्दी गाउँपालिका बेलडाँडा रिङ्दी क्षेत्र, पूर्वखोला गाउँपालिका वडा नम्बर १ वासुका क्षेत्रमा झरेको पहिरो हटाउन डोजरबाट काम भए पनि पहिरो निरन्तर झरेको र पानी परिराखेका कारण समस्या भएको जव्गाडी प्रहरी चौकीका हवल्दार मेघराज बेल्वासेले जानकारी दिनुभयो । 

ठाउँठाउँमा  पहिरो खसेर बाटो अवरुद्ध हुँदा  बिरामीलाई तानसेन, बुटवल तथा तथा अन्यत्रका अस्पतालमा लैजानसमेत समस्या भएको रामपुर यातायात व्यवसायी समिमि अध्यक्ष राजन पोखरेलले गुनासो गर्नुभयो । “पहिरो जानेबित्तिकै सडक विभाग तथा विभिन्न स्थानीय तहमा कुरा राख्यौँ, समयमै पहिरो हटाउनेतर्फ ध्यान गएन, यात्रुलाई सास्ती छ ।”

रामपुरबाट एम्बुलेन्समा बिरामी राखेर काठमाडाँंै लैजाँदै गर्दा पहिराले रोकिनुपरेको  रामपुरका राजेन्द्रप्रसाद लम्सालले बताउनुभयो । बिरामीलाई एम्बुलेन्समा राखेर लुम्बिनी मेडिकल  कलेज प्रभास तानसेन लैजाँदै गर्दा बाटामै करीब तीन घण्टा रोकिनुपरेको उहाँले बताउनुभयो । सम्बन्धित निकायले समयमै बाटो मर्मत गर्ने र पहिरो हटाउने काम नहुँदा मानिसको अकालमै ज्यानसमेत जान सक्ने भएकाले यसतर्फ ध्यान दिन उहाँले आग्रह गर्नुभयो  । 
 रामपुर मोहटीका कृष्ण विकले पनि एम्बुलेन्समा सुत्केरी लिएर तानसेन लैजाँदै गर्दा बाटामा नै करीब तीन घण्टाभन्दा बढी रोकिनुपरेको बताउनुभयो ।(रासस)

प्रतिक्रिया दिनुहोस